शरीरको स्वास्थ्य बिग्रनुमा हामीले भाग्यलाई दोष दिन्छौ । तर हामी कुन कुरा खानु हुन्छ कुन कुरा खानु हुन्न भन्ने कुरा बिर्सिन्छौं । जसले हाम्रो आन्तरिक अंगहरूमा समेत नराम्रो असर गर्छ । शरीरको महत्वपूर्ण अगंहरूमध्ये मिर्गौला प्रमुख अंग हो तथापि शरीरलाई स्वस्थ राख्न सबै अंगको उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

धेरैले पर्याप्त पानी पिउन बिर्सन्छौं । कम्तीमा पनि दिनमा पाँच लिटर पानी पिउनुपर्छ । बालबालिका र युवायुवतीदेखि वृद्धवृद्धाले पर्याप्त पानी पिउनुपर्छ । पानी कम हुँदा शरीरमा डिहाइड्रेसनले किड्नी स्टोन र किड्नीलाई ड्यामेज गराउँछ ।

काममा व्यस्तताले शौचालय नपाउदा वा गाडीमा यात्रा गर्दा धेरै मानिसले पिसाब रोक्ने गर्छन् । तर यस्तो गर्नाले किड्नीलाई नराम्रो हानी गर्छ । पिसाब जम्मा हुदाँ किड्नीमा संक्रमण हुन्छ र बिस्तारै किड्नी बिग्रन्छ ।

नुनिला खानेकुरा नियमित रूपमा खादा रगतमा इलेक्ट्रोलाइटलाई नियन्त्रण गर्न किड्नीले धेरै काम गर्नुपर्ने हुन्छ । पेनकिलर नियमित रुपमा खाँदा किड्नीमा रगतको प्रबाहलाई दीर्घकालीन असर गर्छ ।

मदिरा धेरै मात्रामा पिउँदा रक्त प्रबाहमा उच्च मात्रामा युरिक एसिड उत्पन्न हुन्छ जसका कारण किड्नीलाई असर गर्छ र किड्नी फेल हुन्छ ।