धरान / एम्स एकेडेमी धरानका एकेडेमिक डाइरेक्टर अजुर्न घिमिरे प्राय सधै साझ पख धरान ११ पानि टेङकी स्थित माइल स्टोन ग्रिन टी हाउसमा ग्रिन टी पिउन जान्छन । ग्रिन टी स्वास्थ्यका लागि अत्यन्तै फाइदा जनक भएको उनी बताउँछन् ।

धरान ३ स्थित सगरमाथा एसडी कलेजले फेकल्टीहरुका लागि सधै ग्रिन टीको ब्यबस्था गरेको कलेजका सह प्रार्चाय विशाल राई बताउँछन । धरानका बिभिन्न स्थानहरुमा हिजो आज ग्रिन टी बेच्ने पसलहरु स्थापना भएका छन् । हिजो आज ग्रिन टी निकै चर्चित छ , कारण यसमा भएका बिभिन्न स्वास्थ्य बद्र्धक तत्वहरुले गर्दा नै हो ।

ग्रिन टीको सुरुवात विश्वमा ४००–६०० सन् ताका अर्थात ताङ सभ्यतामा नैै भएको भए तापनि नेपालमा यसको इतिहास त्यति पुरानो मानिदैन । त्यसैले नेपालको ग्रिन टी उत्पादन गर्ने क्षेत्रहरूमा अझ पनि प्रस्सत मात्रामा खनिज पर्दाथहरु रहेको विज्ञहरू बताउँछन् । नेपालको झापा, इलाम तथा पाँचथरका केही भागमा चियाको खेती गर्ने गर्दछ । यद्यपि इलामको चिया नेपाल सँगै अन्तराष्ट्रिय क्षेत्रहरुमा समेत प्रख्यात रहेको पाइन्छ ।

इलामको कन्याम, फिकल तथा इलाम बजार चिया क्षेत्रकाे लागि सुपरहिट नामहरु हुन तथापी इलामकै एउटा तेस्तो क्षेत्र सायद धेरैले त्यस क्षेत्रकाे नाम पनि नसुनेको हुन सक्छ । “जसबिरे” इलाम बजारबाट २ किलोमिटर उत्तर बिप्लाटेदेखि लगभग ५ किलोमिटर उत्तर समुन्द्र सतहदेखि १८०० मिटर आस पासको उचाइमा रहेको छ । यो क्षत्र अत्यन्तै चिसो क्षेत्र हो ।

चिया, अम्लिसो अकबरे तथा अलैची यस क्षेत्रकाे मुख्य पेशा हो । जसबिरे क्षेत्रको चिया संसारकै उत्कृष्ट ग्रिन टीका रूपमा लिइन्छ । यो उद्योगले ग्रिन टी, अर्थोडक्स, वाइट तथा गोल्डेन टी उत्पादन गर्दछ । यस क्षेत्रमा रहेका चिया प्रशोधन उद्योगहरू मध्ये जसविरे टी प्रशोधन उद्योग त्यस्तो चिया प्रशोधन केन्द्र हो जस बाट उत्पादन भएका स्पेशल ग्रिन टी अमेरिका, फ्रान्स, जर्मनी, डेनमार्क तथा नेदरल्याण्ड जस्ता देशहरुमा समेत निर्यात गरिन्छ ।

२०७१ साल बाट स्थानीय शरद सुब्बा, ग्रिष्म सुब्बा, निरबिकल्प सुब्वा र बिकल्प सुब्बा एकै परिवारका ४ दाजुभाइद्धारा २० लाखको लगानिमा शुरु गरेकको यो चिया प्रशोधन केन्द्रको हालको कुल लगाानी २ करोड बराबर भएको मेनेजिङ डाइरेक्टर शरद सुब्वा बताउँछन् । उनको चिया प्रशोधान केन्द्रलाइ उन्नती नामक संस्थाले  ७५ लाख बराबरको सहयोगसमेत गरेको छ ।

जसबिरे टी प्रसोधन केन्द्रले अर्थोडक्स प्रजातिका स्पेशल चिया उत्पादन गर्ने गर्दछ । उक्त उद्योगले जातअनुसार, ठाउँअनुसार, दिशाअनुसार बिभिन्न प्रकारका चिया उत्पादन गर्ने गरेको समेत एमडी सुब्वा बताउँछन् । उनका अनुसार पूर्वतिर फर्केको र उत्तरतिर फर्केको चियाको स्वादमा फरक हुन्छ । यो कुरा चिया पारखिलाइ मात्र थाहा हुन्छ उनी बताउँछन् ।

जस्वीरे टी उद्योग इलामको मात्र नभएर नेपालकै उधारणीय उद्योग हो । यो उद्योगलाइ सेरेस जिएमबिएच जर्मनीले अर्गानिक टि उत्पादकको प्रमाण पत्र प्रदान गरेको छ । “हाम्रो उद्योगको उत्पादनको माग बिदेशमा बढी रहेको छ” बिकल्प सुब्बा बताउँछ । चिया, साग सब्जी, फलफूलजस्ता दैनिक उपभोग्य बस्तुहरुमा प्रयोग गरिने बिषादीहरूनै आज क्यान्सर र अन्य धेरै रोगहरुको कारक तत्व बनिरहेको छ ।

नेपाल सरकारले नेपालका सबै कृषिजन्य उत्पादनहरु नै अर्गानिक बनाउने रणनीति अघि सारिरहदा जसबिरे टी प्रशोधन उद्योग र अन्य अर्गानिक बस्तु उत्पादन गर्ने उद्योग र कृषकहरुलाइसमेत राहत मिल्नेछ ।

-धिरेन लिम्बू