आहा रारा गोल्डकपमा १० टोली सहभागी हुने

alt
  • फाल्गुन ८, २०७५
  • ३५६ पटक पढिएको
  • रासस

कास्की/ पोखराको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ‘आहा रारा गोल्डकप’मा दुई विदेशीसहित १० टिम सहभागी हुने भएका छन् ।

पोखरालाई खेलकूद शहरकहा रुपमा स्थापित गराउने उद्देश्यअनुरुप यही फागुन ९ देखि १८ गतेसम्म पोखरा रङ्गशालामा १७औँ संस्करणको प्रतियोगिता हुँदैछ । शहीद स्मारक लिग विजेता मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिस क्लब सहभागी हुनेछन् । धरान फुटबल क्लब, युनाइटेड सिक्किम भारत, थ्रीस्टार, आयोजक सहारा, डफिन्स फेमिली क्यामरुन र हिमालयन शेर्पा क्लबले समेत प्रतियोगिता खेल्ने निश्चित भएको सहारा क्लब क्लबका अध्यक्ष केशबबहादुर थापाले बताए ।

“विगत वर्षमा १२ टिम समावेश भए पनि यसपटक अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतियोगिताको समय १० दिनमात्र उपलब्ध गराएका कारण टिम सङ्ख्या कम भएको हो”, उनले भने । उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । विजेताले आठ लाख एक हजार तथा उपविजेताले चार लाख एक हजार पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान अप्रिला स्कुटर, उत्कृष्ट डिफेन्डर, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई जनही १५ हजार प्रदान गरिने प्रतियोगिता संयोजक हरिराम गुरुङले जानकारी दिए । सर्वाधिक गोलकर्ता खेलाडीलाई २५ हजार र प्रतियोगिता अवधिभर टिकट काटेर अवलोकन गर्ने दर्शकमध्येबाट एक जनालाई एक थान एलजी टेलिभिजन प्रदान गरिनेछ ।

वि.सं २०७४ मा उत्कृष्ट खेल प्रदर्शन गर्ने राष्ट्रिय फुटबल टिमका एक जनालाई ३५ हजारसहित सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सम्मानित गरिनेछ । सहाराले प्रतियोगिताबाट बचत रकम पोखरा–१७ दोविल्लामा सञ्चालित ‘सहारा फुटबल एकेडेमी’मा खर्च गर्दै आएको छ । देशका विभिन्न जिल्लाका असहाय र गरीब बालबालिकालाई एकेडेमीमा राखेर क्लबले शिक्षाका साथसाथै फुटबल सिकाउँदै आएको छ ।

प्रदेश १ को बजेट ४२

विराटनगर /  १ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७

उर्लाबारी सरकारले 'ज

उर्लाबारी / उर्लाबारी नगरपालिकाले धिमाल जातिहरुको

हात्तिसार क्याम्पसको

धरान / धरानको पर्यटकीय क्षेत्र विजयपुरस्थित केन्द्


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved