धरान/ भारतीय चर्चित गायक सोनु निगम अचानक बिरामी परेका छन् । 
 
हाल एक म्युजिक भिडियोका लागि नेपालको पोखरामा रहेका सोनु निगम अचानक बिरामी परेपछि उनलाई काठमाडौंस्थित  नर्भिक अस्पतालमा भर्ना गरिएको छ । केही दिनअघिदेखि नै उनी नेपालमा रहेका थिए ।
 
एक्कासी उनको मांसपेशीमा समस्या आएको बताइन्छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई डा. पङ्कज जलान र डा. वीण नेपालको टोलीले उपचार गरिरहेको छ ।