यासोक(पाँचथर) / पाँचथरको कुम्मायक गाउँपालिका यासोकमा रहेको पृथ्वी मावि यासोकका छात्राहरुलाई सेनिटरी प्याड बितरण गरिएको छ ।

छात्राहरुको स्वास्थ्यको सुधारका लागि भदै कुम्मायक स्वास्थ्य साखाले प्याड वितरण गरेको हो ।

विद्यालयको कक्षा ८ देखि १२ सम्ममा २ सय ५० छात्रालाई प्याड बितरण गरिएको साखा प्रमुख लक्ष्मण ढकालले जनाए ।

विद्यालयमा अध्यायन गर्ने छात्रालाई महिना वारी अर्थात रक्क्त श्राप हुदा प्रयोग गर्ने प्याड बितरण गरिएको ढकालले बताए ।

घरायसी काम काज गरेर विद्यालय पुग्दा स्वास्थ्यमा ख्याल नपुग्ने हुन्छ । जस्ले गर्दा महिनावारी हुदा संक्रमित हुने भएकाले स्वास्थ्य सम्बन्धी कार्यक्रम सन्चालन गरिएको हो ।

गाउँपालिकाका प्रतेक विद्यालयमा यो कार्यक्रमलाई निरन्तरता दिने स्वास्थ्य साखाले जनाएको छ ।