श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन ९ गते विहिवार,२१ फेब्रुअरी २०१९ । फाल्गुण कृष्णपक्षको द्वितिया तिथि १७ः१४ बजेसम्म, उप्रान्त तृतीया नक्षत्र पुर्वफाल्गुनी ७ः४४ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह सूर्योदय ६ः३९ र सूर्यास्त ५ः५८ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तम खालको छ ।जागीरमा बढुवा तथा स्थानान्तरण हुने छ । राजनैतिक क्षेत्रका तपाईको उच्च स्थान रहला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा रुचि बढ्नेछ । शैक्षिक क्षेत्रको माध्यमन्तर विभिन्न स्थानको भ्रमण होला । रमाइलोमा दिन वित्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभूषण प्राप्त हुने छ । धार्मिक सभा सम्मेलनमा संलग्न भइएला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयां कार्य व्यवसायको शुभारम्भ हुनेछ । नपत्याएका व्यक्तिहरुवाट उचित सहयोग मिल्ला । लाभदायी यात्रामा शरिक भइएला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा सहित्यको क्षेत्रमा रुचि बढ्ने छ । रमणिय स्थान भ्रमणगर्ने अवसर मिल्ला । रमाइलो वातावरणमा दिन बित्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केहि समस्या आइपर्न सक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनु पर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । महिला मित्रहरुबाट विशेष सहयोग मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्रका ख्यती बढने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य व्यवसायका केहि समस्या आइपर्न सक्छ । बन्न लागेको काममा विध्न आइपर्ला । विश्वास गरेको बाट धोका होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामुलक कार्यक्रममा संलग्न भइएला समाजका गण्यमाण्य तथा प्रतिष्ठित व्यक्तिहरु सित रमाइलो भेटघाट उवं खानपिन हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा जमिन तथा भवन सम्वन्धि काममा मन जाने छ । भातृपडाको विशेष सहयोग प्राप्त भइरहला । शुभ समाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन अध्यापनका रुचि बढ्ने छ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आंभुषण प्राप्त हुने छ । पारिवारिक जीवनमा खरसीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।