पथरी/ मोरङको कानेपोखरी गाउँपालिकामा फागुन १५ देखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्ने भएको छ ।

बुधबार गाउँपालिका भरी औषधि खुवाउने सम्वन्धमा गाउँपालिका स्तरीय योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम बोल्दै गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले यस पटक स्वास्थकर्मीको सहयोगमा खुवाईने भएकोले सबैलाई खाईदिन आव्हान गरेका छन् । उनले फागुन १५ गते ७ वटै वडामा कार्यक्रमको उद्घाटन् गरी घर घरमा गएर स्वास्थ्यकर्मीले औषधि खुवाउने अभियान रहेको बताएका थिए । गाउँपालिका भित्रका नीजि क्लनीक सहितका सरोकारवाला निकायलाई औषधि खुवाउने अभियान लगाउने समेत बताएका थिए ।

पालिकाका स्वास्थ्य शाखाका प्रमुख बुद्धि बस्तेतले छैटौ चरणको गत बर्ष सकिएकोले यस बर्ष फेरी सुरु गरिएको जनाउँदै हात्तीपाइले सम्बन्धि बारेमा जानकारी गराएका थिए । उनले कार्यक्रम सहजता बनाउन सातै वडामा केन्द्र राखेर कार्यक्रम सुरु गरिने बताएका छन् । २० जना स्वास्थ्यकर्मी परिचालन गरीने तयारी गरेको शाखा प्रमुख बस्नेतले बताए ।

कार्यक्रममा केरौन स्वास्थ चौकीका प्रमुख लोकमणी तामाङ,वयरवन स्वास्थ चौकीका प्रमुख कामेश्वर अधिकारी र होक्लाबारी स्वास्थ चौकीका प्रमुख रुणा गदालले आआफ्नो स्वास्थ चौकीको धारणा राखेका थिए । कार्यक्रममा सातवटै वडाका वडाध्यक्षहरु सहभागी रहेका थिए ।