इटहरी । एक शहर पछि अर्को शहरमा मेलामहोत्सवको आयोजना भईरहेका छन् । मेलामहोत्सवमा बस्तु तथा सामानको विक्री भन्दा पनि बस्तुको प्रर्वद्धन पहिलो प्राथमिकता रहेको व्यवसायीहरुले बताएका छन् । बस्तुको प्रर्वद्धन गर्न मेलामहोत्सवहरु आफ्नालाई नयाँ प्लाट्फर्म भएको व्यवसायीको भनाई छ ।

वस्तु तथा सेवाको उत्पादन पछि त्यसलाई उपभोक्तासम्म पुर्याउन प्रर्वद्धन निकै चुनौतिको विषय बनेको छ । बजारका हजरौँ वस्तुमा आफ्नो वस्तु राम्रो तथाफाईदाकारी छ भन्ने स्थापितगर्नुआधुनिकबजारको प्रमुख चुनौति हो । तर पछिल्ला समयमा मौलाएको मेलामहोत्सव वस्तु तथा सेवाको प्रर्वद्धन गर्न नयाँ प्लाट्फर्म बन्न थालेको छ ।

यस्ता एक्स्पो तथा मेलामहोत्सवमा एकै पटक ठुलो संख्यामा मानिससँग प्रतक्ष्य कुराकानीबाट बस्तुको प्रर्वधनगर्न सकिने व्यवसायी अरुण शर्माको भनाई छ । कृषी, पर्यटन, उद्योग र व्यापारलाई प्रर्वद्धन गर्न आयोजना गरिएको एक्स्पोमा विभिन्न जिल्लाहरुबाट स्टलका लागि उद्योग तथा व्यवसायी आएका छन् । विशेष गरी एक्स्पोमा कृषीका उपकरणहरु, लत्ताकपडा, जुत्ताचप्पल, अटोमोबाईल्ससहित खाद्यन्नका विभिन्न स्टलहरु राखिएका छन् ।

बंगलादेशको सामानका बारेमा जानकारी दिनका लागि स्टल लिएको वंगलादेशी व्यवसायी नरेन्द्र साहले बताए । दैनिक ठुलो संख्यामामानिसहरु अवलोकनका लागिआउने गरेको स्टलका व्यवसायीहरुले बताएका छन् । उनीहरुले वस्तु तथा सेवाको विषयमा सोध्ने, जानकारी लिने र चित्तबुझ्नेले खरिद गरेर लाने गरेको व्यवासायीले बताएका छन् ।

पछिल्लो समय राजनितिक वृत्तमानिकै चर्चा गरिएकै कारण प्रर्वद्धन भएको जुम्लाको मार्सी चामलले पनि एक्स्पाेमा राम्रो व्यापार गरेको शान्तिन्यौपानेले बताईन् । आफ्नो ठाउँमा उत्पादन भएका खाद्य बस्तु चिनाउन यहाँ आएको उनको भनाई थियो । मेलामहोत्सव नाच्ने, गाउने र रमाईलो गर्ने मात्रै हुँदैन । यो बस्तु तथा सेवाको प्रर्वधन गर्ने नयाँ अवसर हो । आफ्नै देशमा स्थानिय स्तरमा उत्पादन भएका सामानहरुको प्रर्वद्धन गर्न सके, स्थानिय उत्पादन पनि बढ्ने थियो ।