काठमाडौं/ स्काइफल ‘मिस नेपाल पिस’ को सातौ संस्करण शुरु भएको छ । 
 
नेक्स्ट मोडल्स नेपालले बुधबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदशन खुल्ला भएको जनाएको छ । प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका कम्तीमा ५ फिट उचाइ भएका युवतीहरूले आवेदन गर्न सक्ने जनाइएको छ ।
 
नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई समाजप्रति उत्तरदायित्व बोध गराउने उद्देश्यले विगत ६ वर्षदेखि प्रतियोगिता गराउँदै आइरहेको छ । अध्यक्ष रवि धमलाका अनुसार प्रतियोगिताको पहिलो अडिसन ११ फागुनमा राजधानीमा हुँदैछ । यस  सिजनमा सहभागी प्रतियोगीलाई विभिन्न समूहमा विभाजन गरेर ब्रेष्ट क्यान्सरसम्बन्धी अभियान समेत चलाउने आयोजकले जनाएको छ ।
 
प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसीप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण दिइने प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् । प्रतियोगिताका शीर्ष विजेताले एक लाख नगदका साथै अमेरिका र अष्ट्रेलिया अध्ययनका लागि छात्रवृत्ति जित्न सक्नेछन् ।