इटहरी/ आसन्न साफ च्याम्पियनशिप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय फुटबल टोलीको इटहरीमा बन्द प्रशिक्षणमा ब्यस्त छन् । आगामी फागुन २७ गतेदेखि चैत ७ गतेसम्म विराटनगरमा आयोजना हुने साफ च्याम्पियनको तयारीका लागी उनीहरुको तयारी तिब्र छ ।  

भर्खरै भारतमा भएको हिरो कपमा उपविजेता भएको नेपाली राष्ट्रिय महिला फुटबल टिम अहिले इटहरीमा ब्यस्त छन् । भारतमा सम्पन्न हिरो गोल्डकप फुटबलको उपविजेता बनेको नेपाल स्थलमार्ग हुँदै सोमबार राती इटहरी आइपुगेको हो । बन्द प्रशिक्षण मंगलबारबाट इटहरी रंगशालामा शुरु भएको छ ।

भारतको भुवनेश्वरमा भएको प्रतियोगितामा नेपालले भारत र इरान जस्ता बलिया टोलीलाई पराजितगर्दै फाइनल खेलेको थियो । भारतलाइ पराजित गरेकाले टिमको मनोबल उच्चभएको कप्ताननिरु थापाले बताईन् ।उनले भनिन् भारतमाभएको प्रतियोगिताले हामीलाई धेरै उत्साहथपेको छ । उत्साहका साथ बन्द प्रशिक्षणमा बसेका छौँ उनले थपिन् ।

साफलाई लक्षित गर्दै नेपाल फर्किए लगत्तै महिला टोलीलाई बन्द प्रशिक्षणमा राखिएको र साफ महिला च्याम्पियनशिपको उपाधी रक्षा गर्ने दाउमा रहेको प्रशिक्षक हरी खड्काले बताए । प्रशिक्षणकै क्रममा साफ खेल्ने अन्तिम टोलीको नामावली सार्वजनिक गरिने उनले जानकारी दिए । राष्ट्रिय टिममा अहिले २३ खेलाडीलाई समावेश गरिएको छ । साफका लागिअन्तिम २० सदस्यीय टोलीको घोषणा हुने उनले जनाए ।

इटहरीमाबन्द प्रशिक्षण गर्दायहाँको मौसममा ‘फिट’ हुन सजिलो हुन्ने भएकाले इटहरी रंगशालामा प्रशिक्षण सुरु गरिएको सुनसरी जिल्ला खेलकुदबिकास समितीकाअध्यक्ष अनुरोध थापाले बताए । साफ महिला च्याम्पियनशिप यसअघि श्रीलंकाले आयोजनागर्ने निर्णय भएको थियो ।

तर श्रीलंकामा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने भएपछि दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले निर्धारित समय भन्दा एक महीनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको थियो ।

एन्फा सुनसरीका अध्यक्ष केशब कार्कीले इटहरीका भईरहेको बन्द प्रशिक्षण ब्यवस्थित भएको जनाए । खुल्ला ठाउँ हुदा प्रशिक्षण गर्नेलाई समेत सहज भईरहेको उनको भनाई थियो । खेलाडीहरु अहिले प्रशिक्षणमा ब्यस्त छन उनले भने । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाली महिला टोली हरि खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ ।

इटहरीमा स्वागत,को को छन् खेलाडी ?

महिला राष्ट्रिय फुटबल टोलीलाई इटहरीमा भव्य स्वागत गरेको छ । भारतमा सम्पन्न हिरो गोल्डकपको उपबिजेता बनेको महिला राष्ट्रिय फुटबल टोलीलाई इटहरीमा भव्य स्वागत गरिएको थियो । हरि खड्काले नेतृत्व गरेको ३२ जनाको टोलीलाई खदा ओडाएर स्वागत गरिएको थियो ।

फुटबल संघका अध्यक्ष केशब कार्की, राष्ट्रिय जागृति क्लब इटहरीका पदाधिकारी र होटलका संञ्चालक नेत्र गिरीले खेलाडीहरुलाई स्वागत गरेका थिए ।

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषानाथ, कविता राई, डिफेण्डर निशाथोकर, सुष्मामहर्जन, रोजिनाश्रेष्ठ, समीक्षा घिमिरे, विमलाविक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा रानामगर, मिडफिल्डर सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती, स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झना शर्मा रहेका छन् ।