इटहरी/ सुन्दरहरैचाकी उपमेयर घना तामाङले मातहतका सरकारी विद्यालयका प्रधानाध्यापकलाई विद्यालयहरुमा सरकारी मापदण्ड लागु गर्ने निर्देशन दिएकी छिन् । सरकारी विद्यालयका विद्याथीलाई गुणस्तरीय शिक्षासँगै अनुशासित बनाउँन उनको निर्देशन थियो ।

किताब परियोजना तथा डिजिटल किताब बजार सम्बन्धी प्रधानाध्यापकहरुसँग एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै सरकारी विद्यालयको पठन-पाठन खस्कदो क्रममा रहेको बताउँदै उपमेयर तामाङले पुस्तककुनाअनिवार्य राख्नु पर्ने बताईन । विद्यालयको कक्षा कोठामा पुस्तक कुना राख्ने सरकारी नियम भएपनि लागु नभएको भन्दै यसलाई प्रथामिकताको साथ लागु गर्ने उनको निर्देशन थियो ।

वल्र्डभिजन इन्टरनेशनल नेपालले सेभ द अर्थ सुनसरी र राष्ट्रिय सामुदायिक विकास केन्द्र, मोरङको साझेदारीमा गरेको कार्यक्रममा सम्पूर्ण सामुदायिक विद्यालयहरुमा पुस्तक कुना निर्माण निर्माण कसरी गर्ने भन्ने विषयक छलफल कार्यक्रममा बोल्दै उपमेयरले सो कुरा बताएकी हुन् । शिक्षाको गुणस्तर वृद्धिका हिसाबले सबै विद्यालयमा शिक्षण सिकाइलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन उनको आग्रह थियो ।

कार्यक्रममा बोल्दै सुकुना माध्यामिक विद्यालयका प्रअ लक्ष्मी श्रेष्ठले विद्यालयहरुमाअनिवार्य रुपमा पुस्तक कुना निमार्ण गर्ने बताए । विद्यालयहरुमा प्रथामिकताको साथ पुस्तक कुना निमार्ण गर्नुको विकल्प नरहेको उनी बताउँछन् । त्यस्तै साजिलाल उच्च माविका प्रअ कल्याण सिटौलाले विद्यालयहरुमा सरकारी मापदण्ड अनुसारको पुस्तक कुना निमार्ण नभएको बेला संघ संस्थाहरुले गरेको अभियान राम्रो रहेको बताए ।

आधारमा परियोजना सन्चालन हुने र पुस्तक कुना निर्माणमा विद्यालयको समेत चासो र पहल हुुनुपर्ने वल्र्ड भिजनका परियोजना ब्यावस्थापक राजकुमार दुलालले बताए । विद्यालयहरुले औसत ५५ पुस्तकहरु अनलाइन डिजिटल प्लाटफर्म प्रयोग गरी किन्नु पर्नेछ र पुस्तक राख्ने बन्दोबस्त समेत विद्यालय आफै गर्नु पर्ने छ । यसै बिच अनलाइन डिजिटल प्लाटफर्म निर्माण गरी प्रकाशक र स्कुलहरु बिच डाइरेक्ट सम्बन्ध निर्माण गर्ने परिकल्पना परियोजनाले गरेको छ ।

राष्ट्रिय सामुदायिकविकास केन्द्र मोरङकी संयोजक शोभा बजगाईले सरकारी विद्यालयहरुमा अभियानको रुपमा कार्यक्रमहरु अगाडी बढाएको बताईन् । सामुदायिक विद्यालयमा प्राथमिकता प्राप्त न्यूनतम आवश्यकता अनुसार पर्याप्त कक्षा कोठा, शिक्षक–विद्यार्थीको उपयुक्तअनुपात, समयभित्रै निशुल्क पाठ्य पुस्तकको उपलब्धता, बालिकाहरूका लागि विद्यालयमा शौचालयको सुविधा र कक्षा कोठामा पुस्तक कुना रहनु हो उनले भनिन् । कार्यक्रममा सुन्दरहरैचामाअन्तरगतको ४३ वटा सामुदायिकविद्यालयका प्रअहरुको सहभागीता रहेको थियो ।

किताब बजार सामुदायिक विद्यालयहरुले पुरक पाठ्य सामाग्री खरीदगर्न सक्ने अनलाईन डिजिटल प्लाटफर्म हो । सामुदायिक विद्यालयहरुले पुरक पाठ्य सामाग्री आफ्नो आवश्यक्ता अनुरुप खरिद गर्न सहज वातावरण नभएको अवस्थामा ब्यवसायीक प्रकाशन गृह र विद्यालयबीचको प्रत्यक्ष सम्बन्ध स्थापित गदै आवश्यक पुस्तकत वितरण प्रणाली सहजहुने विश्लेषण परियोजनाको छ ।