पथरीशनिश्चरे/मोरङको लेटाङस्थित जाँते माध्यामिक विद्यालयका २६ जना गरिवी तथा जेहेन्दार विद्यार्थीलाई सलोन चेम्जोङ स्मृति छात्रवृत्ती वितरण गरिएको छ ।

कक्षा ११ र १२ मा अध्यनरत १० जना छात्र छात्रालाई जनही ५ हजार तथा कक्षा १ देखि १० का १६ जना छात्र छात्रालाई नगद १ हजार ५ सय र प्रमाण सहितको छात्रवृति वितरण गरिएको हो ।

जाँतेमा माविमा आयोजित एक कार्यक्रमबीच मोरङ निर्वाचन क्षेत्र नम्वर १ का प्रदेश सांसद उपेन्द्रप्रसाद घिमिरेले छात्रबृत्ती वितरण गर्नुभएका हो ।

गत वर्ष स्थापना गरिएको सो छात्रवृतिको यो पहिलो संस्करण भएको विद्यालय प्रधानध्यापक उत्तमराज खतिवडाले वताउनु भयो । उहाँका अनुसार सलोनको स्मृतिमा ७ लाखको अक्षय कोषबाट आउने वार्षिक व्याजको रकमले छात्रबृत्ती प्रदान गरिने छ ।

बोन क्यान्सरले ६ वर्षकै उमेरमा ज्यान गुमाउन पुगेका योज्ञ चेम्जोङका छोरा सलोनको स्मृतिमा देश र विदेशबाट उपचारका लागि पठाएको रकम बचेपछि त्यसैलाई अक्षयकोषमा राखिएको थियो ।

सलोन स्मृति अक्षयकोषका संस्थापक योज्ञ लिम्बू र स्मृति कोष स्थापनार्थ सहयोगकर्ता चौविसे गाउँपालिका राजारानीका सागर सरगम चेम्जोङलाई कार्यक्रममा सम्मानित गरिएको छ ।

यसैगरी, मानध्वज लिम्बू स्मृति छात्रवृत्तीका संथापक समाजसेवी इन्द्र मावोहाङ, राजेन्द्र मादी स्मृति छात्रवृत्तीका संस्थापक लहरीमाया मादी र देवराज अधिकारी स्मृती छात्रवृत्तीका संस्थापक देवकला अधिकारीलाई पनि सो अवसरमा सम्मान गरिएको छ ।

सो विद्यालयमा अध्ययनरत राजेन्द्र र देवराज ०६२ सालमा भएको तत्कालिन माओवादी र सरकारी सेनाबीच भएको दोहोरो भिडन्तमा सेनाले नियन्त्रणमा लिएर हत्या गरिएका तिन जना विद्यार्थी मध्येका हुन् । उनीहरुको स्मरणमा अविभावकद्वारा विद्यालयमा २५ हजारको संयुक्तरुपमा अक्षयकोष स्थापना गरिएको छ ।

मानध्वजको स्मृतिमा पनि ५० हजारको अक्षयको स्थापना गरिएको छ । मानध्वज स्मृति अन्तर्गत १ देखि १२ का ४ जना विद्यार्थीलाई जनही १ हजार ५ सय तथा राजेन्द्र देवराज स्मृति अन्तर्गत १ देखि ८ सम्मका ४ जनालाई जनही १ हजार रुपैयाँ छात्रबृत्ती वितरण भएको छ ।

विद्यार्थीबीच नृत्य प्रतियोगिताका विजेता तथा गत वर्षको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने छात्र छात्रालाई पुरस्कृत समेत गरिएको छ ।