पथरी । मोरङको पथरीशनिश्चरे–१, स्थित पथरी बहुमुखी क्याम्पसले एमएडको कक्षा आइतबारबाट नियमित पहिलो सेमेस्टरको कक्षा शुरु गर्ने भएको छ ।

बिहीबार क्याम्पसमा एमएडमा सेमेस्टर प्रणालीका बारेमा जानकारी दिन गरिएको अन्तरक्रिया कार्यक्रममा क्याम्पसले बताएका थिए । यसअघि स्नातक तहमा शिक्षा शास्त्र, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुँदै आएको थियो । एक महिनाअघि यस पथरी बहुमुखी क्याम्पसले शैक्षिक सत्र २०७५÷०७६ बाट शिक्षाशास्त्र संकायको नेपाली विषयको स्नातकोत्तर तहको कक्षा संचालनका लागि अनुमति पाएको थियो ।

अभिमुखीकरण कार्यक्रममा क्याम्पस प्रमुख चेतन पौडेलले स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीले अन्य क्याम्पसमा भन्दा कम शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने बताएका छन् । क्याम्पसका अंगे्रजी, नेपाली विषयका विभागीय प्रमुख शंकर देवानले स्नातकोत्तर तहको सेमेस्टर प्रणाली, शुल्क, परीक्षा लगायतको विषयमा जानकारी गराएका थिए ।