धरान/ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश १ स्तरीय बास्कटेबल खेलाडी छनौट शुरु भएको छ ।
 
महिला र पुरुषतर्फ नै छनौट शुरु भएको हो । जसमा मोरङ र इलाम सेमिफाइलनमा प्रवेश गरेका छन् । बिहीबारदेखि धरानको डिपो स्कुलमा जारी छनौटमा मोरङले झापालाई ६१–२९ स्कोरले हराउन सफल भएको छ । त्यस्तै इलामले उदयपुरलाई ३६–१८ स्कोरले हराउँदै सेमिफाइलनमा प्रवेश गरेको हो । प्रतियोगितामा प्रदेशका ६ जिल्ला सहभागी छन् ।
 
सुनसरी, मोरङ्ग, झापा, उदयपुर, इलाम र धनकुटाबीच छनौट भएको टिम आठौं राष्ट्रिय खेलकुदमा सहभागी जनाउने छन् । जिल्ला बास्केटवल सङ्घ सुनसरीका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सङ्घका केन्द्रीय उपाध्यक्ष तथा खेलाडि छनौट समिति संयोजक सुरजकुमार लामालगायत सहभागी थिए । चैत्र दोस्रो हप्ता नेपालगञ्जमा हुने प्रतियोगितामा महिला र पुरुषमा २४ खेलाडी छनौट हुने छनौट समिति सदस्य पूर्वाञ्चल प्रशिक्षक विकास चाम्लिङले जानकारी दिए ।