पथरी/ मोरङको पथरीशनिश्चरे–१, मा स्थापित पथरी बहुमुखी क्याम्पसले एमएडको कक्षा आइतबारबाट नियमित पहिलो सेमेस्टरको कक्षा सुरु गर्ने भएको छ ।

बिहीबार क्याम्पसमा एमएडमा सेमेस्टर प्रणालीका बारेमा जानकारी दिन गरिएको अन्तरक्रिया कार्यक्रममा क्याम्पसले बताएका थिए । यस अघि स्नातक तहमा शिक्षाशास्त्र, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुर्दै आएको थियो ।

एक महिना अघि यस पथरी बहुमुखी क्याम्पसले शैक्षिक सत्र २०७५/०७६ बाट शिक्षाशास्त्र संकायको नेपाली विषयको स्नातकोत्तर तहको कक्षा संचालनका लागि अनुमति पाएको थियो ।

अभिमुखिकरण कार्यक्रममा क्याम्पस प्रमुख चेतन पौडेलले स्नातकोत्तर अध्ययन गर्ने बिद्यार्थीले अन्य क्याम्पसमा भन्दा कम शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने बताएका छन् । क्याम्पसका अङ्ग्रेजी, नेपाली विषयका विभागीय प्रमुख शंकर देवानले स्नातकोत्तरतहको सेमेस्टर प्रणाली, शुल्क, परीक्षा लगायतको बिषयमा जानकारी गराएका थिए ।