वराहक्षेत्र/ बेलका नगर युवा तथा खेलकुद विकास समितिले,बेलका नगरपालिकामा प्रथम बेलका हरियाली गोल्डकप फुटवल प्रतियोगिता आयोजन गर्ने भएको छ ।

नगरपालिकाको लाली गुँरास नव युवा क्लबको सह-आयोजना र बेलका नगरपालिकाको संयोजनमा फुटबल प्रतियोगिता आउँदो फागुन १८ गतेबाट नगरपालिकाको वडा नम्बर २ मा रहेको भागलपुर रंगशालामा शुरु लागेको हो ।

फुटबलबारे जानकारी दिन शुक्रबार बेलका नगरपालिकामा आयोजना गरिएको पत्रकार भेटभाटमा बोल्दै गोल्डकप मुख्य आयोजक समितका तथा बेलका नगरपालिका युवा तथा खेलकुद समितिका अध्यक्ष सिता राईले स्थानिय युवा लाई रचानात्मक कार्यमा लाग्न प्रोत्साहित गरी व्यवसायिक खेलाडी उत्पादन गर्न फुटबलको आयोजना गर्न लागिएको बताईन् ।

नकआउटको आधारमा खेलाईने फुटबल प्रतियोगितामा सुनसरी,मोरङ्ग,सर्लाही ,सिराहा ,उदयपुर ,एपीफ पुुर्वाञ्चल का राष्ट्रिय जाग्रती क्लब सुनसरी,हिमकस्तुरी क्लब सिराहा,विन्धाबासिनी क्लब मोरङ्ग,महाकाली युवा क्लब सर्लाही,यसैगरी बेलका ११ उदयपुर,एपिफ पुर्वाञ्चल,गाईघाट फुटबल क्लव उदयपुर र न्यू त्रिजुगा स्पोर्ट क्लब सप्तरीका गरी ८ टिम सहभागी रहेका छन् ।

३० लाख बजेट भएको गोल्डकपको विजेतालाई प्रथम पुरस्कार नगद राशी २ लाख र उपविजेता लाई १ लाख ट्रफि तथा मेडल तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले बताईन् । यसैगरी विद्यागत पुरस्कार तर्फ दैनिक म्यान अफ द म्याच नगद ३ हजार र बेस्ट गोलकिपर,हाई स्कोरर,बेस्ट डिफेन्स,मिडफिल्डर,वेस्ट फारवार्ड र म्यान अफ द सिरीज लाई नगद ५ हजार तथा मेडल दिईने राईले बताईन् ।

पत्रकार भेटभाटमा प्रमुख अतिथि बेलका नगरपालिका प्रमुख दुर्गा कुमार थापाले गोल्डकपको खेल तालिका उदघाटन गरि कार्यक्रम शुरु गरेका थिए । भने कार्यक्रमको सञ्चालन गोल्डकप मुख्य आयोजक समितिका सचिव लिलाराज शर्माले गरेका थिए ।