प्रदेश १ बास्केटबल खेलाडि छनौट प्रतियोगिताको फाइनलमा पुरुष तर्फका सुनसरी र इलाम भिड्ने पक्का भएको छ ।

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि शुक्रवार भएको छनौट प्रतियोगिताको सेमिफाइनल खेलमा सुनसरीले मोरङ्गलाई ६८–३४ र इलामले धनकुटालाई ५४–२८ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

सुनसरी र मोरङ्गले खेलको प्रत्येक क्वाटरमा १२–४, २७–१५, ९–१२ र २०–३ अंक र इलाम र धनकुटाले १४ –५, ११ – ९, १८–६ र ११ –८ अंक जोडेका थिए । सेमिफाइनलमा पराजित हुने मोरङ्ग र धनकुटाले तेस्रो उपाधिको लागि शनिवार फाइनल खेल अघि प्रतिश्पर्धा गर्नेछ ।

पुरुष खेलाडिहरुको सेमिफाइनल खेल पछि प्रदेश १का महिला खेलाडिहरुको पहिलो चरणको छनौट कार्यक्रम संपन्न भएको थियो । सुनसरी, इलाम र मोरङ्गका महिला खेलाडिहरुलाई दुई टिममा विभाजिन गरि खेल खेलाएर पहिलो चरणको छनौट कार्यक्रम संपन्न गरिएको थियो ।

महिलाहरुको फाइनल चरणको छनौट कार्यक्रम शनिवार पुरुष वास्केटव खेलाडिहरुको फाइनल खेल अघि संपन्न गरिने जिल्ला बास्केवल संघ सुनसरीका अध्यक्ष तथा छनौट समिति सदस्य नारायण सुवेदिले जनाए ।

छनौट प्रतियोगिता वाट पुरुष १२ र महिला १२ जना प्रदेश १ बास्केटवल टिमका लागि खेलाडि छनौट गरिने छनौट समिति संयोजक बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले जनाए ।