उर्लाबारी/ नेकपाका प्रदेश कमिटी सह–संयोजक सावित्रीकुमार काफ्लेले कम्युनिष्ट एकता भत्काउन काँग्रेसको नेतृत्वमा एउटा शक्ति सकृय भएको आरोप लगाएका छन ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उर्लाबारी नगर कमिटिले आयोजना गरेको नगर स्तरिय अगुवा कार्यकर्ता भेलामा संयोजक काफलेले सो आरोप लगाउदै नेपालमा कम्युनिष्ट पार्टीको एकता र त्यसपछिको निर्वाचनमा आएको बहुमतबाट कम्युनिष्ट विरोधीहरु अत्तालिएको चर्चा गर्दै उनले अनेकौँ षड्यन्त्रहरुलाई चिर्दै कम्युनिष्ट एकतालाई सफल पारेरै छाड्ने उद्घोष समेत गरेका छन ।

सह–संयोजक काफ्लेले प्रमुख प्रतिपक्षी दल काँग्रेस अहिले राजनीतिक एजेण्डा बिहिन रहेको बताउदै कहिले निर्मला पन्त, गोविन्द केसी त कहिले पशुपति शर्माका गितका एजेण्डालाई मुख्य एजेण्डा बनाएको बताएका छन् ।

सो पार्टीका नगर संयोजक अग्नी भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला संयोजक ऋषिकेश पोख्रेल, केन्द्रीय सदस्य गोपी अछामी, प्रदेश सांसद् कुलप्रसाद साम्बा लिम्बु (कुशल), प्रदेश सदस्य वलबहादुर घिसिङ, जिल्ला नेता मानबहादुर श्रेष्ठ, रुपेश खतिवडाल युवा नेता पर्शुराम बस्नेत लगायतले कार्यकर्ताहरु समक्ष प्रशिक्षण मन्तव्य राखेका थिए ।