धरान । धरान प्रहरीले तीनकुने चेकपोष्टमा चेकजाँचको क्रममा लागूऔषधसहित दुई युवालाई बिहीबार पक्राउ गरेको छ ।

चेकजाँचका क्रममा को १७ प २८३० नम्बरको मोटरसाइकलको सिट मुनी लुकाएर ल्याउँदै गरेको अवस्थामा १४ बोतल डाइलेक्स डिसी बरामद गरेको छ । पक्राउ पर्नेमा धरान १ का राजेश साह र निरज श्रेष्ठ रहेका छन् ।