श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन ११ गते शनिबार, २३ फेब्रुअरी २०१९ । फाल्गुण कृष्णपक्षको चतुर्थी तिथि १३ः२४ बजेसम्म, उप्रान्त पञ्चमी नक्षत्र चित्रा २८ः११ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः३७ र सूर्यास्त ५ः५९ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । धन आर्जनका नयाँ स्रोतहरू फेला पर्ने हुन्छ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रमणीय र सुखद् यात्राको योग छ । वित्तीय सङ्घ–संस्थाबाट उचित सहयोग पाइएला । रमाइलोस“ग दिन बित्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट पर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपाईको समय बित्ला । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यम्खालको छ । पारिवारिक जीवनका केही समस्या आइपर्न सक्ला । अरुको काममा बढी समय दिनुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । विश्वासपात्रबाट धोका होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । वैदेशिक क्षेत्रको काममा विशेष लाभ मिल्ला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला ।लाभदायी यात्रामा सरिक भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मुद्दा–मामिलामा तपाईंको समय बित्ला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । मन प्रसन्न रहला ।