आहा रारा गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

alt
  • फाल्गुन १३, २०७५
  • १८३ पटक पढिएको
  • रासस

कास्की /  स्ट्राइकर अनिल गुरुङको ह्याट्रिकको मद्दतमा थ्री स्टार क्लब पोखरामा जारी १७ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । 

पोखरा रङ्गशालामा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा थ्री स्टारले पाहुना टिम युनाइटेड सिक्कीम भारतलाई ५–२ गोलले पराजित गरी अन्तिम चारमा स्थान बनाएको हो । खेलमा गुरुङ एक्लैले तीन गोल गरे । पहिलो हाफको २६ मिनेटमा पेनाल्टीबाट गोलको खाता खोलेका गुरुङले ८१ औँ मिनेटमा पुनःपेनाल्टीबाट टिमका लागि चौथो र व्यक्तिगत दोस्रो तथा ८५ औँ मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पूरा गरे । 

खेलको ५० औँ मिनेटमा विपक्षी टिमका जिग्मी दोर्जेले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि थ्री स्टारले उपहार गोलमार्फत अग्रता दोब्बर पारेको थियो । थ्री स्टारका लागि पाँचौ गोल अजयी मार्टिन्सले ८१ मिनेटमा गरेका थिए । 

सिक्कीमका लागि नियमित समयको उत्तरार्ध ८९ औँ मिनेटमा सोनम छिरिङ्ग भुटियाले गोल गर्दै टिमका लागि खाता खोलेपनि खेलमा फर्कन ढिला भइसकेको थियो । थप गरिएको तीन मिनेटको इन्जुरी समयको अन्तिम मिनेटमा सिक्कीमका ओङ्गछिरिङ लोप्चनले पेनाल्टीबाट गोल गरी थ्री स्टारसँगको गोलअन्तर कम गरे । 

खेलमा ह्याट्रिक गरेका थ्री स्टारका अनिल खेलको म्यान अफ दी म्याच बन्दै नगद रु पाँच हजार तथा ट्रफी हात पारे । विजेता थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खेल प्रतिष्पर्धात्मक रहेपनि दुई गोल भाग्यले प्राप्त हुँदा गोल सङ्ख्या बढेको बताए । 

सिक्कीमका प्रशिक्षक मायाल लेप्चाले खेलाडीले व्यक्तिगत रुपमा गल्ती गर्दा ठूलो अन्तरमा हार्नु परेको प्रतिक्रिया दिनुभयो । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल मङ्गलबार अघिल्लो संस्करणको विजेता नेपाल पुलिल क्लब र डफिन्स टिम फेमिली क्यामरुनकोबीचमा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । 

प्रदेश १ को बजेट ४२

विराटनगर /  १ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७

उर्लाबारी सरकारले 'ज

उर्लाबारी / उर्लाबारी नगरपालिकाले धिमाल जातिहरुको

हात्तिसार क्याम्पसको

धरान / धरानको पर्यटकीय क्षेत्र विजयपुरस्थित केन्द्


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved