काठमाडौं / पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यस्थित गम्भीर रहेको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा विगत तीन सातादेखि उपचाररत अधिकारीलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको छ । उनको रक्तचाप बढाउन औषधि प्रयोग गरिएको छ। अधिकारीको शरीरका महत्वपूर्ण अङ्गले काम गर्न छाडेका कारण बचाउन समस्या हुने चिकित्सकहरुलदे जानकारी दिएका छन् बितेका २४ घन्टादेखि पिसाबसमेत बन्द भएको चिकित्सकको भनाइ छ।

पूर्वअर्थमन्त्री अधिकारीलाई बचाउन सक्ने सम्भावना कम देखिएको जनाउँदै चिकित्सा विज्ञानअनुसारका सबै उपचारविधि अपनाउँदा पनि उनको स्वस्थ्यमा सुधार नभएको बताएको छ ।