फेरी सेनाको ब्यारेकभित्रै जवानद्वारा आत्महत्या

alt
  • फाल्गुन २१, २०७५
  • ३६१ पटक पढिएको
  • ब्लाष्ट खबर

कञ्चनपुर / नेपाली सेनाका जवानहरूले भकाभक आत्म हत्या गर्न थालेका छन। धनकुटामा एक जवानले आफैलाई सुट गरेर आत्म हत्या गरेको केही दिन वित्न नपाउदैं कञ्चनपुरस्थित २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् ।
ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताए । “आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौँ” उनले भने । के कारण आत्महत्या गरेको भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा रहेको बताइएको छ ।
सेनाका जवानहरूमा परिवारलाई पाल्नेसमेत सेवा सुविधा नभए पछि पारिवारिक तनावले आत्म हत्या गर्न थालेको बताइएको छ ।

उपाधिका लागि रेडस्टा

ताप्लेजुङ/ चौथो पाथीभरा गोल्डकप उपाधिका लागि डिफेन्डिङ

धरानमा फरक तीज उत्सव

धरान / तीज आउन एक महिना अघि महिलाहरु भेला भएर नाचग

प्रदेश २ को नाम ‘जान

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले प्रदेश २ क

प्रधानमन्त्री ओली सि

  काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओली


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved