धरान / धरान उपमहानगरपालिकाले उपमहानगरभित्र के कस्ता साहसिक पर्यटकीय खेलका सम्भावना छन भन्ने विषयमा छलफल शुरु गरेको छ ।

धरानमा १६ वटा साहिसिक खेलहरु मध्य ५÷६ वटा हाल पनि खेलहरु भईरहेकाले अझ यसको विस्तार र खेलको माध्ययमबाट कसरी पर्यटकहरु भित्राउन सकिन्छ भन्ने उद्देश्यले माउन्टेन स्पोर्ट फेडेरेशनसँगको सहकार्यमा शनिवार धरानमा सहासिक तथा पर्यटकीय खेल सम्बन्धि अन्र्तक्रिया गरेको छ ।

धरानमा हाल साइकिलिङ, पाराग्लाइडिङ, क्यानोनिङ, फ्लाईङ जीप, बोटिङ, रेस, बाईक रेसलगायत खेलको सम्भावना रहेको छ । केही खेलहरु नीजी स्तरबाट भइरहेका छन् । कार्यक्रममा माउन्टेन स्पोर्ट फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराईले प्रदेश १ मा साहसिक तथा पर्यटकीय खेलको सम्भाना र अवसरबारे जानकारी गराए ।

उनले विगतमा खेल बहादुरी र मनोरञ्जनका लागि मात्र हुने गरेको बताउदै तर अव खेल व्यवसायीता, रोजगारी देश चिनाउनका लागि खेलिन थालेका बताए । कार्यक्रममा प्रदेश १ मा साहासिक खेलको सम्भावना र हाल भइरहेको विषयमा साईकिलिङ संघ सुनसरीका अध्यक्ष राजन राई, स्ट्रीम्स् धरानका अध्यक्ष तथा पाराग्लाईडिङका चालक लेखराज जिमीले जानकारी गराए । मुलुकमा साहासिक खेलबारे नेपाली सेनाको सहभागीताबारे काली गण याङ्शिलाका गणपति कर्णेल सुरज बैधबारले प्रस्तुती दिएका थिए । प्रदेश १ लाई साहसिक खेल माध्यमबाट लाखौं विदेशी पर्यटकहरु भित्राउन सकिने सम्भावनाबारे छलफल भएको थियो ।

समाजिक विकास मन्त्रलाय अन्तर्गत सचिव हरि दाहाल प्रदेश सभा सदस्य कुसुम श्रेष्ठ, सावित्रि श्रेष्ठ, धरान उपमहानगरकी कार्यबहाक मेयर मञ्जु भण्डारीलगायतले धरानलाई पर्यटन तथा खेलकुदको हव बनाउने गरि तयारी गरिरहेको बताए । प्रदेश सरकारले साहासिक खेल तथा पर्यटनबारे मास्टर प्लान बनाउन थालेको सतिव दाहालले बताएका थिए ।