बेलबारी । दश दिन अगाडि देखि वेपत्ता भएकी मोरङको बेलबारी नगरपालिका वडा नं. ४ निवासी रमिला राईको हत्या गरि कोशीमा फालिएको खुलासा भएपछि अहिले उनको शवको खोजी भईरहेको छ । उनको शव खोजी गर्ने क्रममा एक जना महिलाको शव भेटिएको छ ।
निवस्त्र अवस्थामा रहेको उक्त सव पहिचान हुन नसक्ने अवस्थामा छ । कोशी व्यारेजको ढोका खोल्ने क्रममा महिलाको शब फेला परेको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त लाशको आँखा वाहिर निस्केको अवस्थामा फेला परेको छ । उक्त शव हराईरहेकी रमिला राईको हो वा होइन यस बारे प्रहरी निष्कर्षमा पुग्न सकेको छैन । प्रहरीले उक्त शवलाई बाहिर निकाली थप खोजी कार्यलाई तिब्र पारेको छ । बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वमा रहेको प्रहरीको विशेष उद्धार टोलीले खोजी कार्यलाई तिब्र पारेको छ । sab2

 

रमिलाको हत्याको आशंकामा गुरुङ प्रहरी नियन्त्रणमा
फागुन १७ गते शुक्रबार राती देखि हराईरहेकी २६ वर्षिय रमिला राईको हत्याको अभियोगमा बेलबारी निवासी ४५ वर्षिय योगेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङ संगै शुक्रवार राती विराटचोकको हावना होटल गएकी राई एकाएक वेपत्ता भएपछि प्रहरीले उनी माथि आशंका गरेको थियो । रमिला वेपत्ता भएको सन्दर्भमा विभिन्न वहानाबाजी गरेको तर आफै भाग्न लागेपछि उनलाई ईलामबाट पक्राउ परेका हुन् । पक्राउ पश्चात गुरुङले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको भनिएता पनि प्रहरीले यसबारे कुनै सूचना वाहिर सार्वजानिक गरेको छैन ।

रमिला र योगेन्द्र बीच प्रेम सम्वन्धको प्रसंग
रमिला राई र योगेन्द्र गुरुङ दुवै विवाहित हुन् । रमिलाले तेह्रथुममा विवाह गरेर श्रीमान् संग अलग भई बेलबारीमा बसोवास गर्दै आएका थिए । रमिलाको एक जना ७ वर्षिय छोरी छन् । योगेन्द्र गुरुङको भने दुई सन्तान रहेको छ । उनका श्रीमती छोराछोरी काठमाण्डौंमा छन् । उनी यहाँ नोवेल अस्पताल मेडिक लका संचालक समिति अध्यक्ष हुन् । साविक बेलबारी नगरपालिकाका नेकपाका पूर्व अध्यक्ष हुन् उनी । अरु बेला पनि रमिला संग हिडडुल गर्ने गुरुङको रमिला संग नजिकिएको छ सात वर्षै भएको स्थानीयहरु बताउँछन् । सोही क्रममा गुरुङले रमिलालाई विभिन्न सहयोग गर्दै आएको पनि अहिले सार्वजानिक भएको छ । उनको के कति कारणले हत्या भएको हो त्यो वाहिर आउन बाँकी छ ।

ramila