धरान  / साहसिक खेल पर्यटनको प्रवद्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणी जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ ।
शनिवार धरानमा भएको प्रदेश स्तरीय साहसिक खेल पूर्यटनबारेको छलफल पछि नेटवर्क निर्माण गरिएको हो ।
सहसंयोजकमा इन्द्र राई र प्रकाश ठकुरी चुनिएका छन् । हाल ११ सदस्यीय नेटवर्कमा पछि ४ सदस्य थप हुने बताइएको छ । यो नेटवर्कले प्रदेश १ मा साहसिक तथा पर्यटकीय खेलकुदको विकास, विस्तार र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर समन्वयकारी काम गर्ने फेडरेशनका अध्यक्ष गोविन्द भटराईले जानकारी दिए । पर्यटन बर्ष २०२०लाई पनि लक्ष्य गरेर काम गर्न नेटवर्क बनाइएको हो ।