एजेन्सी । 

मेक्सिकाेकाे शहर ओक्साकामा एकप्रेमीकाले आफ्नाे प्रेमीलालाई चक्कु प्रहार गरेकी छिन् । चक्कु प्रहार पछि उनले घाइते भएका  प्रेमीलाई न मर्न आग्रह गरेकी छिन् । २२ वर्षिया साेनिया अमरयानी र २९ वर्षीय इरिक ओमार मेक्सिकाकाे हाेटल ला कास्काडाबाट बाहिर निस्किएपछि यिनीहरुबीच झगडा सुरु भएकाे थियाे । झगडाकाे क्रममा रिसाएर साेनियाले इरिककाे पेटमा चक्कु प्रहार गरिन् । 

 घटनाकाे दृश्य देखिरहेका वरिपरिका मानिसले यसकाे भिडियाे बनाए र अहिले याे भिडियाे सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । ती युवतीले आफ्ना प्रेमीलाई ‘म तिमीलाई मार्न चाहन्न, म तिमीलाई धेरै माया गर्छु’ भन्दै राेइरहेकाे भिडियाेमा देख्निन्छ । 

यसकाे केही समयपछि एम्बुलेन्स घटनास्थल पुग्याे र ती घाइते युवकलाई अस्पताल लिएर गयाे । र घटनाकी आराेपी युवतीलाई प्रहरीले गिरफ्तार गरेकाे छ ।