बुटवल / नेपाल आइसको मुख्य प्रायोजनमा नेपाल आइस प्रादेशिक संगीत यात्रा - बुटवलबाट शुरू हुने भएकाे । सात वटै प्रदेशको मुख्य सहरमा आयोजना गर्ने तयारी गरिएको कार्यकर्मको सुरुवात प्रदेश न . ५ को बुटवलबाट हुन लागेको हो । कार्यक्रम आउँदो चैत्र ९ गते शनिबार बुटवलको बुटवल मण्डपको चौरीमा आयोजना हुनेछ ।
नेपाली संगीत क्षेत्रका नयाँ पुराना प्रतिभाहरुलाई सम्मिलित गराई आयोजना गरिने बिसुद्ध सांगीतिक कार्यक्रममा
२ दशकदेखि नेपाली संगीतका देश- विदेशका श्रोता -दर्शकहरु माझ आफ्नो पहिचान बनाइ रहन सफल चर्चित सांगीतिक समुह कन्दराको बिशेष प्रस्तुति रहने स्थानीय आयोजक भक्त गलामीले बताए ।
बुटवलमा नै कन्दराको १२ बर्ष पछिको स्टेज सो आयोजना हुदैछ । लेककी हे माया , हंगकंग पोखरा , बिदेशिएर गइन उनी , तिमि पारि त्यो गाउँमा , कता हिडेकी , फुल्चोकिको डाडैमा , जस्ता थुप्रै चर्चित तथा सदाबहार गीतहरुसंगै कन्दरा ब्याण्ड र यस ब्यान्डका मुख्य भोकलिस्ट बिबेक श्रेष्ठ बुटवलको स्टेजमा देखा पर्दैछन ।
संगीत क्षेत्रमा पुन सक्रिय कन्दरा ब्यान्डले गएको असोजमा धरान , दमक , बिर्तामोडमा धमाकेदार प्रस्तुतिले सबैको मन जित्न सफल भएको थियो । बुटवलका श्रोता र दर्शकबाट पनि राम्रो साथ् पौने आश गरेको गायक बिबेक श्रेष्ठ बताउछन् ।
नेपाल आइस प्रादेशिक संगीत यात्रा - बुटवलमा कन्दरा ब्याण्ड संगै बुटवलकै स्थानीय प्रतिभा तथा चर्चित गायन रियालिटी सो नेपाल आइडल -२ मा पाचौ स्थानमा आउन सफल गायक अमित बराल संगै स्थानीय ब्याण्ड अमेध्यको पनि प्रस्तुति रहनेछ ।
स्थानीय बुटवल युवा परिवार र ताम्रिंग म्युजिक सेन्टरको सहभागितामा सिल्भर इन्टरटेनमेन्ट धरानले कार्यक्रम आयोजन गर्ने संस्थाका निर्देशक शाैरव श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रदेश १ काे विराटनगर, २ काे जनकपुर, ३ काे चितवन, गण्डिकी प्रदेशकाे पाेखरा, ६ नं प्रदेशकाे सुर्खेत र कर्णाली प्रदेशकाे धनगडीमा हुने छ ।