विश्व सुन काउन्सीलको सन् २०१५ जुनको तत्थ्यांक अनुसार अमेरिकासंग ८,१३३.५ टन सुन सहित सबैभन्दा बढी सुन भएको देश हो। दोस्रोमा जर्मनी छ, जोसंग ३,३८३।४ टन सुन छ। त्यस्तै इटालीसंग, २,४५१.८ टन, फ्रान्ससंग २,४३५.४ टन, रुससंग १,२५०।९ टन, चीनसंग १,०५४.१ टन, स्वीटजरल्याण्डसंग १,०४०.० टन, जापानसंग ७६५.२ टन, नेदरल्याण्डसंग ६१२।५ टन र भारतसंग ५५७.७ टन सुन रहेको छ।
विश्व सुन काउन्सीलको अनुसार सन् २०१५ को जुन महिनामा नेपालसंग ४.९ टन सुन छ। यो जम्मा रिजर्भको २।९ प्रतिशत मात्र हो।