इटहरी पूर्वकै उदीयमान शहर हो । इटहरी यातायात र व्यापार व्यवसायको केन्द्र बन्दै गएको शहर हो । यहाँको तीव्र विकासकै कारण छिमेकी ठूला शहर भन्दा यसको बढी चर्चा हुन थालेको छ । नेपालभरी प्रादेशिक राजधानीको चर्चा हुन थाल्दा एक नम्वर प्रदेशको राजधानी इटहरी अग्रस्थानमा छ । इटहरी राजधानी हुनुका दर्जनौ आधार वोकेर प्रादेशिक राजधानीको दावा गरीरहेको छ । इटहरीले राजधानी दावा गर्ने स्वभावीक पनि हो ।
 
इटहरीले पूर्वको शहरहरुलाई चुनौती दिदै अगाडी बढ्दै गरेको शहर हो । नजिकै भारतको सिमाना भएको कारण पनि विराटनगर राजधानीको लागी सुरक्षाको दृष्टिकोणले पनि हुन सक्ने सम्भावना छैन । अन्तराष्टिूय कानुनको हिसाबले पनि विराटनगर राजधानीको लागी उपयुक्त ठाउँ हैन । प्रादेशिक राजधानीको लागी अन्तराािष्टूय सिमादेखि २१ किलोमिटर टाडा हुनु पर्ने भनिएको छ ।
 
सरकार र राजनितिक दलहरुले आफ्नो जिल्ला वा पायक पर्ने ठाउँमा बनाउँने हैन सबै जनताको हितका लागी राजधानी इटहरीको विकल्प खोज्नु हुन्न । इटहरीमा राजधानीका ठुला ठुला भबन सहितका थुपै जग्गा भएको सरकारी कार्यलयहरु छन् । प्रादेशिक राजधानीलाई मन्त्रलाय बस्न पुग्ने ठाउँहरु इटहरीमा प्रशस्त छ । प्रादेशिक राजधानीको लागी इटहरीको तरहरामा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, इटहरीकै जुटविकास चौकमा रहेको जुट अनुसन्धान केन्द्र, र इटहरीकै झुम्कामा रहेको कृषि तालिम केन्द्र उपयुक्त ठाउँ हुन ।
 
यी कार्यलयहरुलाई सरकारले प्रादेशिक राजधानी बनाउँन सक्छ । प्रदेशलाई थोरै भए पनि आर्थिकभार बाट जोगाउँन यी कार्यलयहरुमा भएका भवनहरुलाई मन्त्रालय वनाउँन सकिन्छ र वनाउँनु पर्छ । क्षेत्रीय कृषि अनुसन्धानमा १ सय ४ हेक्टरमा १ सय ५६ विगाह जमिन सँगै दर्जनौ सुविधा सम्पन्न भवनहरु छन । त्यो जनिम राजधानीको लागी उपयुक्त छ । त्यस्तै जुट अनुसन्धान केन्द्रमा २२ हेक्टरमा झण्डै ३६ विगाह जनिम र दर्जन भवनहरु छन । त्यस्तै झुम्कामा रहेको कृषि तामिल केन्द्रलाई पनि मन्त्रालय वनाउँन सकिन्छ । यी कार्यलयहरुमा ठुला भवन छन । त्यस कारण इटहरीलाई राजधानी वनाउँन यहाँका आागुवा तथा सामाजिक संघसंस्थाहरुले पहल गर्न‘ पर्छ । मन्त्रालयहरु धेरै हुने हुदा धरान ,इटहरी, झुम्का,लगातका ठाउँमा मन्त्रालयहरु वाढ्न सकिन्छ । एउटै ठाउँमा मात्र नभई यसरी मिलाएर पनि मन्त्रलायको वाडफाड गर्ने सकिने प्रसस्त आधार छन् ।
 
यातायात सहज
प्रादेशिक राजधानी इटहरी हुदाँ यातायातको दृष्टि कोणले प्रदेश नम्वर एकको जनतालाई निकै सहज हुन्छ । पूर्व ,पश्चिम,उत्तर दक्षिण हुदै जुन सुकै ठाउँवाट यहाँ आउँनु एक नम्वर प्रदेशका जनताका लागी इटहरी केन्द्र बिन्दु पर्छ । धरान, विराटनगर, धनकुटा, इलाम लगायतका स्थान सम्म जान इटहरी इटहरी नआई धरै पाईन्न । प्रदेश एकमा इटहरी हुँदै दैनिक सयौ यात्रुवाहक बसले काठमाडौं, पोखरा, बुटवल, वीरगञ्ज, नेपालगञ्ज, महेन्द्रनगर,इलाम,धनकुटा ,तेह्थुम ,वसन्तपुर लगायत स्थानमा यात्रु ओसारपसार गर्छन् । इटहरी यातायात हिसाबले पनि पूर्वको राजधानी हुन आवश्यक छ । यस कारण यातायातका कारण पनि प्रदेशको राजधानी इटहरी हुनुपर्छ भन्ने दावा गर्ने सकिन्छ । जुनसुकै ठाउँबाट इटहरी सहजै आउँन सक्ने हुदा प्रदेश नम्वर एकको जनताको लागी इटहरी हुनु पर्छ ।
 
सुरक्षा निकायको केन्द्र
इटहरीमा नेपाली सेनाको पृतना मुख्यालय र इटहरीसँगै जोडिएको पकलीमा सशस्त्र प्रहरीको क्षेत्रीयस्तरको बाहिनी रहेको छ । यी दुई सुरक्षा निकायका कारण इटहरी आफैमा सुरक्षीत छ । इटहरीमा ठुला सुरक्षा निकायको कार्यलय पनि प्रदेश नम्वर एकको राजधानीको लागी गौरभको विषय हो । पूर्वी पृतनामा र सशस्त्र प्रहरीकै कारण इटहरी तथा आसपासका क्षेत्र समेत सुरक्षीत छ भन्दा फरक नपर्ला । यहाँ सयौको संख्यामा सुरक्षाकर्मीहरुले इटहरी नियाली रहेको हुन्छन । इटहरीलाई राजधानी उपयुक्त मान्न सुरक्षा पनि वलियो आधार हो । ठुला घट्नाहरु यी निकायकै त्रासको कारण हुदैनन् सुरक्षाकै हिसाबले पनि इटहरीलाई राजधानी वनाउँन आवश्यक छ । सुरक्षाको दृष्टिकोणले वलियो छ इटहरी ।
 
छोटो दुरी
इटहरी प्रदेश नम्वर एकका १४ जिल्लाका सर्वसाधरणलाई इटहरी आउँन सबैभन्दा छोटो दुरी हुने समितिले प्रतिवेदन तयार गरेको छ ।  इटहरी प्रदेशको राजधानीको सबै हिसाबबाट उपयुक्त छ अन्यत्र शहर लौजाने प्रयास गर्न‘ हुदैन । इटहरीलाई प्रदेशको राजधानी बनाउँन जनस्तरबाट ठुलै दवाव भए पनि केन्द्रिय नेताहरुको अभावले समस्या भईहेको छ । यातायातको दृष्टिकोणबाट पूर्व, पश्चिम, उत्तर, दक्षिणहुँदै जुनसुकै ठाउँका लागि र जुनसुकै ठाउँबाट इटहरी सहज छ ।
 
झापा होस् या विराटनगर, धनकुटा होस् या प्रदेश नं १ का अधिकांश पहाडी जिल्ला, सबैतिर पुग्नका लागि इटहरी पुग्नै पर्ने बाध्यता पनि छ । यसर्थमा पनि जनताको सुविधाको दृष्टिकोणले इटहरी नै राजधानीका लागि उपयुक्त ठाउँ हो ।प्रादेशिक राजधानी, संघीय राजधानी वा अन्तरप्रादेशिक पहुँचका लागि सहज हुने स्थानमा हुनुपर्दछ । यस आधारमा हेर्ने हो भने पनि इटहरी उपयुक्त स्थानमा अवस्थित छ । तसर्थ, अरू शहर वा स्थानमा भन्दा प्रादेशिक राजधानीका लागि इटहरीको विकल्प अरू हुन सक्दैन । प्रदेशका १४ जिल्लामा बसोबास गरिरहेका सम्पूर्ण जनसंख्याले सडक मार्ग भएर यात्रा गर्दा इटहरीको लागि ४३२६६६११ किलोमिटर पर्छ भने धरानको लागि ४८४६७९४५, विराटनगरको लागि ४९०४१७ं४१ र धनकुटाको लागि ६२९५६८०० किलोमिटर यात्रा गर्न‘ पर्छ प्रतिवेदनमा भनिएको छ ।
 
कसरी हुदैछ राजधानीको बहष
खासगरी प्रदेश नम्बर १ को राजधानी सुनसरीको इटहरी, मोरङको विराटनगर या धनकुटमा बनाउने भन्ने बहस पुर्वी क्षेत्रमा चर्को रुपमा उठेको छ । प्रदेश राजधानीमा मतदाताको चासो भएकाले उम्मेदवारहरुले पनि आफुअनुकुल राजधानी बनाउन प्रयास गर्ने आश्वसन दिदै आएका छन् । प्रदेश सरकार गठन भएलगत्तै गएको फागुनमै नाम र राजधानीबारे छलफल सुरु गरेको भए पनि प्रदेश एकले अहिलेसम्म नाम र राजधानी टुंगो लगाउन सकेको छैन ।राजधानीका लागि इटहरी, विराटनगर, धनकुटा, धरान गोठगाउँ लगायत ठाउँको चर्चा छ ।
 
अस्थायी राजधानीको रुपमा अहिले विराटनगर छ । विराटनगरलाई नै स्थायी बनाउँ भन्ने लबिङ पनि भइरहेको छ ।  तर नाम र राजधानीका बारेमा भने प्रदेशसभामा बैठकमा अहिलेसम्म छलफल भने हुन सकेको छैन । सदन र मन्त्रालयहरु इटहरी, धरान, धनकुटामा बाँडेर राख्ने र प्रदेशको राजधानी भने विराटनगर नै राख्ने विषयमा पनि छलफल भएको छ ।  प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत हुँदाहुँदै पनि दीर्घकालिन महत्व र राष्टिूय राजनीतिमा पनि प्रभाव पार्ने विषय भएकाले सहमतिमा नाम र राजधानीको विषय तय गर्न‘पर्ने देखिन्छ ।प्रदेश एकमा ९३ सांसदमध्ये प्रदेश एकमा नेकपाका ६७, कांगे्रसका २१, संघिय समाजबादी फोरमको ३ र संघीय लिम्बुवान परिषद् र राप्रपाका एक÷एक सांसद छन् । दुई तिहाइका लागि ६२ सांसद चाहिन्छ ।