धरान / धरानकाे वगरकोट स्थित एमएच विविक्यु हाउसले थप ३० लाख रुपैया लगानी गरेर लज शुरु गरेको छ ।
लजको आइतबार धरान १५ का वडाध्यक्ष नरेश इवारमले उद्घाटन गरे । धरानको पर्यटकीय क्षेत्र बगरकोट सुगुरको कान पाइने स्थान भनेर प्रख्यात छ । धरान आउने आन्तरिक तथा बहा्य पर्यटकहरुलाई एक रात यही राख्ने योजना अनुसार सुविधासम्पन्न लज खोलिएको होटल संचालक जीवन लिम्बुले बताए ।
एमएच लजमा किंङ्ग साइज वेडसहित चारवटा कटेज निर्माण गरिएको छ । रात्रिकालिन मनोरंजन लिन आउने ग्राहकहरु कुनै वेला घर फिर्न वा आफु वसेको होटलसम्म फर्कन समस्या भएको कुरालाई मध्यनजर गरेर लज संचालनमा ल्याएको लिम्बुले बताए ।
उनले १ करोड ६५ लाख रुपैया लगतमा हाेटन र लज शुरु गरेका हुन ।