विराटनगर /  साविकको विजेता भारतले श्रीलंकासँग सहज जित निकाल्दै पाँचौ महिला साफ च्याम्पियनसिपको समूह विजेता बनेको छ । भारतले ५–० को फाराकिलो नजिता निकाल्दैं सेमिफाइनलको यात्रा सुरक्षित ग¥यो ।
विराटनगरको सहिद रङ्गशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ५–० को फराकिलो गोले अन्तरले पराजित गर्दै भारत समूह ‘बी’ को विजेता बनेको हो । जितसंगै भारत ६ अंक जोडेको छ ।
पराजित श्रीलंका ३ अंक जोडेको छ । अब भारतले सेमिफाइनलमा बंगलादेशसँग खेल्नेछ । बंगलादेश समूह ‘ए’ को उपविजेता हो । श्रीलंकाले समूह ’ए’ को विजेता नेपालसंग खेल्नेछ ।

पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकासँग भोली विहान ११ बजे प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशसँग ३ बजे प्रतिस्पर्धा गर्दैछ ।