'तेल निर्यात कटौतिले विश्वव्यापी असर पर्छ'

alt
  • चैत्र ४, २०७५
  • २९० पटक पढिएको
  • रासस/सिन्ह्वा

तेहरान/  इरानबाट खरिद गर्ने तेलको कटौति गरी शुन्यमा झार्ने अमेरिकी योजनाले विश्व तेल बजारमा नकारात्मक प्रभाव पार्ने इरानका पेट्रोलियम मामिलामन्त्रीले बताएको यहाँको तास्निम न्यूज एजेन्सीले सोमबार जनाएको छ ।

मन्त्री बिजान नामदार जाँगनेहले भने, “हामीले जुनसुकै अवस्थामा पनि इरानको पेट्रोलियम पदार्थ निर्यात गर्नका लागि आवश्यक मापदण्ड बनाइरहेका छौँ ।”

यदि अमेरिकी दबावमा इरानी तेल निर्यातलाई कठिन बनाइयो भने यसले विश्वकै तेल कारोबारमा नै थप धेरै समस्या खडा गर्नेछ, उनले भने ।

इरानबाट तेल खरिद नगर्दा पनि अमेरिकालाई कुनै प्रभाव नपर्ने भनी इरान मामिला हेर्ने अमेरिकी विदेश मन्त्रालयका प्रतिनिधि ब्रायन हुकले शुक्रबार बताएका थिए ।

“विश्वका अन्य मुलुकबाट हुने तेलको राम्रो आपूर्तिले पेट्रोलियम पदार्थका लागि अमेरिकाको मागलाई सजिलै सम्बोधन गर्नेछ,” हुकले भने । “इरानबाट हुने आपूर्तिमा कडाई गरियोस् वा प्रतिवन्ध लागाइयोस् अमेरिकामा कुनै समस्या आउँदैन ।” 

प्रदेश १ को बजेट ४२

विराटनगर /  १ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७

उर्लाबारी सरकारले 'ज

उर्लाबारी / उर्लाबारी नगरपालिकाले धिमाल जातिहरुको

हात्तिसार क्याम्पसको

धरान / धरानको पर्यटकीय क्षेत्र विजयपुरस्थित केन्द्


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved