स्यालमाथि कुखुराले आक्रमण गर्दा स्यालको मृत्यु

alt
  • चैत्र ४, २०७५
  • ३९७ पटक पढिएको
  • ब्लाष्ट खबर

बीबीसी/ फ्रान्सको उत्तर–पश्चिम भागमा रहेको एक स्कुले फार्ममा पसेको एक स्याल फार्मका कुखुराको झुण्डको आक्रमणमा परेर मरेको विश्वास गरिएको छ ।

फर्ममा स्यालको एक सानो बच्चा पसेको थियो । तर उ गलत समयमा गलत ठाँउमा पुगेको थियो । स्याल फार्म पसेपछि आत्तिएका कुखुराहरुको झम्टाईमा परेर स्याल मरेको हो । फार्ममा त्यो समय तीन हजार कुखुरा थिए ।

यो अनौठो घटना फ्रान्सको ब्रिटानीमा भएको हो । फार्मका प्रमुख पास्कल ड्यानियले फार्ममा अटोमेटिक ढोका रहेकाले स्याल पस्नासाथ ढोका आफैँ बन्द भएको हुनसक्ने बताए । ‘स्यालको घाँटीमा घाउ थियो । त्यो कुखुराको चुच्चोले पारेको चोटबाट बनेको थियो,’ ड्यानियलले भने । सोही चोटबाट स्याल मरेको ड्यानियलले बताए ।

ड्यानियलका अनुसार घटनाबारे अर्को दिनमात्र पत्ता लागेको थियो । अर्को दिन कर्मचारीहरु फार्ममा जाँदा त्यहाँ ६ महिनाजतिको स्यालको मृत शरिर भेटिएको थियो । पाँच एकडमा फैलिएको फार्ममा ६ हजार खुल्ला छाडिएका चल्ला थिए । फार्म दिनमा खुल्ला छाडिन्छ । यसले गर्दा धेरै जसो कुखुराहरु दिनको समयमा बाहिर टहल्लिरहेका हुन्छन् ।

च्यासल युथ पाखा लगाउ

काँकडभिटा । काँकरभिट्टामा जारी मेचीनगर गोल्डकपको चौथो स

प्लेनबाट लागूऔषध लै

विराटनगर । हवाइ मार्गको प्रयोग गर्दै प्रतिबन्धीत लगाएको

अर्चना बाबाधामका शिव

चतरा/ वराहक्षेत्रस्थित औलिया बाबा गद्दी (मठ) मा जारी वृ

तीन तलाबाट लढेर विरा

विराटनगर । विराटनगर ११ बुधमार्ग स्थित ज्योती पोखरेलको न


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved