२०१६ कि मिस नेपाल इन्टरनेसनल बर्षा लेखी थारु समुदायकी पहिलो मिस नेपाल हुन् । सप्तरीमा जन्मेकी बर्षा लेखी वातावरण विज्ञानकी विद्यार्थी पनि । उनी हाल पिएचडीका लागि तयारी गरिरहेकी छन् । मिस नेपाल २०७६ को लागि धरान अडिसनमा आएकी लेखीसँग ब्लाष्ट खवरले गरेको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।


  • आजकाल, के मा ब्यस्त हुनुहुन्छ ?

म पिएचडिको तयारीमा छु । एउटा एनजिओमा आबद्ध रहेर सामाजिक कार्यहरु गरिरहेको छु । 

  • मिस नेपाल २०१६ को उपाधी पाउनु भयो । तपाईको लक्ष्य नै त्यही थियो ?
    त्योबेला मेरो खालीको समय थियो । स्नातक गरेर बसिरहेको थिए । नतिजाको पर्खाइमा थिए । त्यतिखेर मैले फेसबसकमा अनलाइन एप्लिकेसन देखे अनि किन एकपटक कोशिस नगर्ने त भने जस्तो लाग्यो, मिस नेपाल जिते भने एउटा आफ्नै पहिचान बन्ने छ भन्ने लागेकोले म प्रतिस्पर्धामा आएको थिए । सफल पनि भए ।
  • मिस नेपाल जितिसकेपछि तपाईको परिचय फेरिएको हो ?

पहिला चाही पहिचान गराउदा फलानोको छोरी, अथवा नातीनी भनेर परिचय गाउनु पथ्र्यो । अहिले मेरो आफ्नै पहिचान छ । बर्षा लेखी भन्नेसंगै मिस नेपाल २०१६ भनेर जोडिन्छ त्यो टाइटल, अहिले उल्टो भएको छ । पहिला आमा बुबाको नाम लिएर आफुलाई चिनाउनु पथ्र्यो भने अहिले बर्षाको मम्मी, बर्षाको पापा भनेर भन्ने गनुह्न्छ । पहिचान पक्कै बनेको हो ।

  • यहाँ त थारु समुदायबाट आउनु भएको तर थारु समाजमा महिलाहरू यसरी अझै पनि समाजमा नखुलिरहेको अवस्था छ नि ?

मलाई के लाग्छ भने हाम्रो समुदाय अलि लजालु, मेहनेती समुदाय छ । त्यहि भएर होला हाम्रो समुदाय समाजमा अरु समुदायको तुलनामा अलि कम नै बाहिर आएका छन् । प्राय थारुहरू कृषिमै व्यस्त रहने गर्छन् । पहिलाको तुलनामा अहिले नेपालमै सबै समुदायका मानिसहरू मिक्स भएर बस्नु भएको छ । क्रमशः परिवर्तन हुँदै आएको छ । अवसर पाए थारु महिला पनि पछि पर्दछन् ।

  • मिस नेपालले पछाडि परेका समुदायका युवतीहरूलाई अगाडि ल्याउन कतिको भूमिका खेलिरहेको छ जस्तो लाग्छ तपाइलाई ?

अ, मिस नेपालले रिजनल अडिसन गरेर एउटा राम्रो सुरुवात गरेजस्तो लाग्छ । किनकी काठमाण्डौं मात्र भएको भए चाहिँ सबैलाई पहुँच हुन सक्दैन थियो होला । रिजनल अडिसनले अन्य समुदायहरू जेसँंग क्षमता भएर पनि काठमाडौं जान सकिरहनु भएको हुदैन वहाहरू जस्तालाई सहज भएको छ ।

  • मिस नेपालमा अब आउने नयाँ सहभागीका लागी के भन्न चाहनुहुन्छ ?

म सहभागीहरुलाई के भन्छु भने नडराउनुहोस्, तपाईहरु ढुक्क बनेर आउनुहोस् तपाइहरुको भविष्यको लागि हो, यो परिर्वतित जीवन अनुभव हो । यहाँबाट सकरात्मक परिर्वतन पाउनुहुन्छ भन्छु ।

  • प्रसंग बदलौ, पिएचडि पछिको योजना चाहिँ के छ नी तपाईको ?

पिएचडी पछि चाहि म आफुलाई राजनीतिमा जोड्न चाहान्छु, मेरो पापा पनि राजनीतीमा हुनुहुन्छ, मेरो सानै देखिको चाहना पनि हो राजनीतिमा आउने अनि सामाजिक कार्य पनि गरिरहेको छु मैले भविष्यमा वातावरण मन्त्री बन्ने सोच छ ।

  • वातावरण मन्त्री नै किन ?

मैले चाहि अध्यायन नै वातावरणमा गरेको हो नेपाल जैविक विविधता भएको देश हो यहा विकाशकालागी वातावरणले धेरै सम्भावना दिएको छ । त्यही भएर । सबै भन्दा पहिला सरकारले वातावरण मैत्री कानुनहरु ल्याउनु पर्यो अनि आम नागरीकहरुले आफुले पढेका, सिकेका र भन्ने गरेका वातावरण संरक्षणका कुराहरुलाई व्यवहारमा लागु गर्नु पर्छ जस्तो लाग्छ । त्यसका लागि मन्त्रि बन्छु । प्रस्तुतीः डम्बर कार्की

lekhi