धरान । स्वतन्त्र मधेशको वकालत गर्दै आएका सिके राउतको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ ।

स्वतन्त्र मधेश गठबन्धलाई औपचारिक विघटन गर्दै सिके राउतको नेतृत्वमा जनमत पार्टी गठन भएको हो । सरकारसँग भएको ११ बुँदे सहमति अनुरूप नै मूलधारको राजनीतिमा आउनका लागि पार्टी गठन भएको हो । सिके राउत लामो समयसम्म स्वतन्त्र मधेशको पक्षमा वकालत गर्दै आएका थिए । सोही कारण उनी पटक–पटक पक्राउ पर्दै आएका थिए ।

स्वतन्त्र मधेशको आन्दोलन चलाएका कारण उनलाई विखण्डकारीको आरोप लाग्दै आएको थियो । सिरहाको लाहानमा सम्पन्न भेलाले १० बुँदे निर्णय गर्दै नयाँ पार्टी गठन गरेको जनाएको छ । भेलाले सरकारसँग भएको सहमति ऐतिहासिक भन्दै स्वागत गरेको छ ।

सिके राउतलाई राष्ट्रिय अध्यक्ष बनाएको छ । ३५ सदस्यीय र्काकारिणी समिति बनाएको छ । समितिमा १० जनालाई मनोनयन गर्ने जिम्मा पनि राउतले नै पाएका छन् । भेलाले स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरूमाथि लगाइएका मुद्दा फिर्ता गराउनका लागि चन्दन सिंहको संयोजकत्वमा समिति निर्माण गरिएको छ ।