धरान/ नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल को २५ औं संस्करणको प्रतियोगी खोज्न आयोजक हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर  कक्षपति , मिस नेपाल इन्टरनेशनल २०१६ वर्षा लेखिसहित मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्सा मादेन सोमबार  धरानको युएन कलेज र महेन्द्र कलेजका बिधार्थीहरु माझ पुगे ।
मिस नेपालको बारेमा कुराहरु गर्दै विभिन्न प्रश्नोतर तथा रोचक कार्यकर्म सहित  यामाहा फेसिनोमा फेसबुक लाइक को आधारमा बिधार्थिहरुलाई उपहार समेत राखिएको थियो।
सोहि दिन धरानको होटल गजुरमा आयोजित पत्रकार सम्मेलनमा बिगत ६ बर्ष देखि धरानमा मिस नेपालको अडिसन आयोजना  गरिरहेको र मिस नेपालमा देश ब्यापी सहभागिता होश भनेर नै काठमाडौँ बाहिर धरान संगै बिर्तामोड , चितवन , धनगढी , पोखरा , बुटवललगायतका विभिन्न सहरमा अडिसनको आयोजना गएकोअध्यक्ष गोपाल सुन्दर  कक्षपतिले बताए। मिस पुर्वान्चल २०१८ बिजेता पूजा श्रेष्ठ यो बर्ष मिस नेपालमा सिधा प्रवेश पाएको र मिस चितवन , मिस पोखरा ,मिस सुदुरपस्चिमाञ्चलले पनि सिधा प्रवेश पाएको उल्लेख गरे । यो बर्षको २५ औं बर्षगाठलाई भब्य रुपमा मनाउने तयारी रहेको उनले बताए । । त्यस्तै आजै गरिएको मिस नेपालको सहभागी हुन चाहनेहरुको लागि गरिएको तयारी कक्षामा मिस नेपालको बिषयमा सहभागी प्रतियोगीहरुलाई मिस नेपालको बिषयमा बिभिन जानकारीहरु गराइएको थियो ।