त्रुटी, सह-कुलपति, विरुद्ध, प्रधानमन्त्री, पदभार,

धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. गुरु खनालले निमित्त उपकुलपतिको कार्यभार आजदेखि सम्हालेका छन् ।

सह-कुलपतिसमेत रहेका उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले निमित्त उपकुलपति भई कामकाज गर्नु भनि चैत ४ गते पत्र दिए पछि उनले निमित्त उपकुलपतिको पनि कार्यभार सम्हालेका हुन । यता स्वास्थ्य मन्त्रिले पत्र थमाउदैं गर्दा सिनेट बैठकबाट उपकुलपतिलाई हटाएको विषयमा सर्वोच्च अदालतले पनि हिजै स्टे अर्डर जारी गरेको छ । उपकुलपति डा. राजकुमार रौनियारले चैत ३ गते सर्बोच्चमा रिट दायर गरेका थिए ।

उनी आजै सर्वोच्चको निर्णयसहितको पत्र लिएर धरान आउदैं गरेको बताइएकाे छ । यता निमित्तको रुपमा खनालले आर्थिक तथा प्रशासनिक सबै काम गर्ने गरि पत्र पाए पछि काम कारवाही शुरु गरेका छन् । उनले रेक्टरकै कार्यकक्षबाट उपकुलपतिको काम शुरु गरेका हुन् । आज विहान फागुन महिनाको सबै कर्मचारीहरुको तलव निकासा गर्नका लागि रजिष्टार तुलबहादुर श्रेष्ठलाई निर्देशन जारी गरिसकेका छन् । तलवभत्ता भुक्तानीका साथै अत्यावश्यक भुक्तानीको खर्च गर्न आदेश रजिष्टार तुलबहादुर श्रेष्ठको माग बमोजिम निमित उपकुलपति खनालले सकुलपतिले दिएको पत्रमै आदेश जारी गरि कामकाज सुचारु गर्न निर्देशन दिएका हुन्छ ।

मन्त्रालयले दिएको अधिकार अनुसार आफूले काम शुरु गरेको डा. खनालले बताए । ‘समस्या जे भए पनि काम गर्ने चिकित्सक एवं कर्मचारीहरूको तलब रोकिन हुँदैन भनेर तलवका लागि फाइल अघि बढाएको छु ।’

निमित उपकसलपतिको पत्रमा यस्तो छ

letter

पत्रमा त्रुटि
डा. खनाललाई दिएको पत्र कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले हस्ताक्षर गरिएको हुनुपर्ने हाे । उपकुलपति तोक्ने अधिकार कुलपतिलाई हुन्छ । कुलपतिको निर्देशनलाई पत्रमा खुलाएर निर्देशन अनुसार भनेर सह-कुलपतिले पनि दिन सक्ने प्रावधान रहेको छ । तर पत्रमा कुलपतिको कुनै राय तथा निर्देशन छैन । बोधार्थ मात्र दिएको छ । सर्बोच्चको फैसला, निमित्त अख्तियारी सबैले प्रतिष्ठानमा झन अन्यौलता बनाएको छ ।’– लेखा शाखाका एक अधिकृतले भने ।

डा. रौनियार पनि प्रतिष्ठान आउँदै
सर्वोच्च अदालतले स्टे अर्डर दिएपछि उपकुलतिबाट बर्खास्तमा परेका डा.राजकुमार रौनियार आजै प्रतिष्ठान आउने कार्यक्रम छ । उनलाई लिन प्रतिष्ठानकै कर्मचारीहरु विराटनगर एयरपोर्ट जाने तयारीमा छन् । डा. रौनियार यति बेला प्रधानमन्त्री कार्यालयमा छलफलमा रहेको बताइएको छ । छलफलपछि धरान आउने कार्यक्रम रहेको बताइएको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलाशले रौनियारलाई पदबाट हटाउने निर्णय यथास्थितिमा राख्दै हटाउनु पर्ने कारणसहित छलफलमा आउन कुलपति तथा प्रधानमन्त्री कार्यालयको नाममा आदेश जारी भएको थियो । रौनियारले यो आदेशलाई आफूले न्याय पाएको बताए । आफू उपकुलपति कायम रहेको दाबी गरेका छन् । अदालतको आदेश लिएर उनी आज प्रतिष्ठान आउँदै गरेका हुन् ।

अदालतको आदेश पालना हुन्छ– निमित्त उपकुलपति खनाल

रेक्टर तथा निमित्त उपकुलपति डा.खनाल अदालतको आदेश सबैलाई मान्य हुने बताए । डा.रौनियारले पत्र ल्याएर आएमा उनलाई स्वागत गर्न प्रतिष्ठान तयार भएको प्रतिक्रिया दिए ।

आफूले पाएको जिम्मेवारी अहिले बहन गरिरहको छु । सरकारले नगर्नु भन्ने आदेश आए फेरि म आफ्नै काममा फर्कन्छु । यहाँ कुनै समस्या छैन’ उनले भने ।

अदालत आदेशको आ-आफ्नै व्याख्याः दुई उपकुलपति !

सिनेटले उपकुलपति पदबाट डा.राजकुमार रौनियारलाई हटाउने निर्णय गर्दै गरेको सिफारिशलाई कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २६ गते सदर गरिदिएका थिए । त्यसपछि,औपचारिकरुपमा पदबाट हटाइएका रौनियारले  ३० गते पत्र दिइएकाे थियाे ।  पत्र पाएपछि रौनियरले त्यसविरुद्ध सर्वोच्च अदालतमा चैत ३ गते रिट निवेदन दिए ।

सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशले सोमबार रिट निवेदनमाथि सुनुवाई गर्दै प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री तथा मन्त्रपरिषद कार्यालयलाई कारण देखाउ आदेश जारी गरेको थियाे । निर्णय र छलफलको लागि अाउन भनेकाे छ । चैत्र ११ गतेलाइ समय दिइएकाे छ । तर सरकारले निमित उपकुलपति पनि ताेकेकाले अर्काे उपकुलपति नियुक्ति नगर्नु भनेकाे हाे या  राैनियारलाइ पद बहाली गर्नु भनेकाे भन्नेमा अन्राैलता छाएकाे  छ । 

एक पक्षले निर्णय कार्यान्वयन भइसकेको र निमित्त उपकुलपतिको जिम्मेवारी पनि दिइसकेको अवस्थामा हिजाे अदालतले दिएको आदेशले यो निर्णयलाई नछुने दाबी गरेका छन् । तर राैनियारले भने अदालतले न्याय गरेकाे बताउदैं आफू बदवहाली हुने बताए ।

राैनियारलाई अदालतले स्टे अडर जारी गरेर उपकुलपति पदमा कायम रहने भन्ने सर्वोच्चको आदेश हो भने प्रतिष्ठानमा उपकुलपति दुई जना भएका छन् । अव कस्लाई उपकुलपति मान्ने भन्ने अन्यौता भएको छ ।