देउराली । धरान १५  महादेव चौकस्थित बिरबहादुर राईको गाई गोठमा आगलागी भएकाे छ । आगाे स्थानीयबासी र धरान उपमहानगरपालिकाकाे तिनवटा दम्कलको सहयोगमा आगो निभाउने काम भैरहेको छ । राईकाे टिनकाे छानाे भएकाे गाेठमा टाडे गाेठमा आगलागी भएकाे  इलाका प्रहरी कार्यालय धरानका डिएसपी समुन कुमार तिम्सिनाले जानकारी दिएका छन् ।  आगलागी नियन्त्रणमा लिने काम भइरहेकाेले आगलागीकाे कारण र क्षतिकाे बिबरण  आउन बाँकी छ ।

 २ दिन अगिमात्र सोही छेउमा लुना हार्वेडको गोदाममा आगलागी भएको थियो ।