धरान / धरान–१७ स्थित सम्यक शिक्षा आधारभूत विद्यालयका विद्यार्थीहरूले होली खेलेका छन् ।

धरान राउण्ड टेबलले मङ्गलबार विद्यालय परिसरमा विद्यार्थीहरूबीच होली कार्यक्रम गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । यसक्रममा कक्षा ७ मा अध्ययरत विद्यार्थीहरूलाई बिदाइ पनि गरिएको छ । पहाडी क्षेत्रमा बुधबार र तराई क्षेत्रमा बिहीबार होली मनाइँदै छ । कक्षा ७ मा अध्ययरत १९ जना विद्यार्थीहरूलाई बिदाइ गरेको हो ।

यसक्रममा बिदाइ भएका विद्यार्थीहरूले विद्यालयको कार्यालय प्रयोजनका लागि कार्पेट हस्तान्तरण गरेका छन् । राउण्ड टेबलले विद्यार्थीहरूलाई खाजाको समेत व्यवस्था गरेको थियो । राउण्ड टेबलका अध्यक्ष विवेक अटल, कोषाध्यक्ष कृष्ण अटल र सदस्यहरू सौरव अग्रवाल र अग्रिम खेतानलगायतको उपस्थितिमा होली शुभकामना आदानप्रदान गरिएको स्कुलका प्रधानाध्यापक सरोज श्रेष्ठले जानकारी दिए ।