धरान /  प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आगामी १० बर्ष भित्र प्रदेश १ लाई बेरोजागारमुक्त प्रदेश बनाउने बताएका छन् । मंगलबार सुनसरीको दुहवीमा आयोजित दुई दिने ‘रोजगार मेला’ सम्बोधन गर्दै उनले प्रदेश १ लाई बेरोजगरमुक्त प्रदेश बनाउने अभियान थालिएको बताएका हुन ।
आफू कसरी रोजगार बन्ने र त्यसका लागि कस्तो शिक्षा वा सीप सिक्ने भन्ने विषयमा जानकारी दिन यहाँ दुईदिने ‘रोजगार मेला’ आयोजना गरिएको थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को आयोजना तथा पाथिभरा हिमालयन पोलिटेक्निक इन्स्टिच्युट इटहरी, मोरङ व्यापार संघ, व्यवसायीक तालिम प्रदायक संघ प्रदेश १ को सहकार्यमा वृहत मेला आयोजना भएको थियो ।
बृहत अन्तरक्रियात्मक सो मेलामा बेरोजगार युवायुवती तथा रोजगारदातासहित झण्डै पाँँच हजारले सहभागीता जनाएको पाथिभरा हिमालयन पोलिटेक्निक इन्स्टिच्युट इटहरीका प्रवन्ध निर्देशक कृष्ण शाहले जानकारी दिए । उनका अनुसार मेलास्थलमा कामदार र सेवा प्रदायक संस्थाहरुलाई आवश्यकताबारे छलफल भएको थियो । स्पोटमै १ सय बेरोजगार युवाहरुलाई रोजगारीका लागि सहजिकरण गरिएको थियो । मेलामा ५ सय जना कामदार आवश्यक भएको सार्वजनिक गरिएको थियो भने २६० जनाले कामका लागि आवेदन दिएका थिए ।

मेलामा रोजगारी पाउनेहरुमा प्राविधिकतर्फ मेसिन अपरेटर, इलेक्ट्रिसियन लगायत रहेका छन । प्रशासनिकतर्फ कार्यालय ब्यवस्थापन, कार्यालय सहयोगी तथा लेखातर्फ रहेका छन । मेलामा अहिन्त मल्टिफाइबारले ठूलो सख्यामा २ सय ४० जनालाई मेलामै रोजगारी दिएको छ ।

54430364_884533805271916_2591532869260148736_n

यस्तै बाग्मती रिलायन्सले ४० जना,एबी ग्रुपले १०जनालाई रोजगारी उपलब्ध गराएको कृष्ण शाहले जनाए । मेलामा फुजिमा आयल, रिलायन्स थर्मोपोली टंकी लगायतले पनि रोजगारी प्रदान गरेका छन । प्रदेशमै पहिलो पटक आयोजना गरिएको रोजगार मेलामा सयौले रोजगारी पाएपछि दक्षता भएर पनि बेरोजगार भएका युवाहरुले खुशी भएका छन् ।

स्थानीय सरस्वती माध्यमिक विद्यालयमा आयोजना गरिएको मेलामा सामाजिक विकास तथा श्रममन्त्री जीवन घिमिरेको पनि उपस्थिति रहेको दसहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदार जानकारी दिए । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा संचालित ईन्स्योर परियोजनाको सहयोगमा दुहवी नगरपालिका, बुढीगंगा गाँउपालिकाको पनि सहभागीता रहेको थियो ।
व्यावसायीक सीप तालिम प्रदायक संघ प्रदेश नं. १ का अध्यक्ष कृष्ण शाह, इन्स्योरका टिम लिडर सुवास सुवेदी, प्राविधीक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का उपनिर्देशक दीपकवाबु अर्याल, मोरङ व्यापार संघका अध्यक्ष पवन शारडा उद्योग संघठन मोरङ अध्यक्ष भीम घिमिरे, बुढी गंगा गाउँपालिका अध्यक्ष बालनन्द माझीलगायतले रोजगार मेलाको विषयमा बोलेका थिए ।

pm