श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र ६ गते बुधबार, २० मार्च २०१९ । फागुन शुक्लपक्षको चतुर्दशी तिथि ०९ः४९ बजेसम्म, उप्रान्त पुर्णिमा नक्षत्र पूर्वफाल्गुनी १५ः५३ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः११ र सूर्यास्त ६ः१४ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
अनावश्यक वाद–विवाद हुने देखिन्छ , बोल्दा विचार पुर्याउनु होला । परिश्रम गरे धनार्जन हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिवारमा अतिथि सत्कार होला ।आर्थिक क्षेत्रमा सङ्कट आउने देखिन्छ । लाभदायक यात्रा हुनेछ ।प्रेम पक्षभने सामान्य रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेम सम्बन्ध र प्रणयप्रसङ्गका लागि आजको दिन श्रेष्ठ देखिन्छ । आजको दिन हा“सखेल र मनोरञ्जनमा वित्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ । विद्यार्थीवर्गका लागि आजको दिन उत्तमछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो छमताको प्रदर्शन गर्नुहोल । समाजिक प्रतिष्ठा हात लाग्नेछ । शारीरिक तथा मानसिक सन्तुष्टि प्राप्त होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यसिद्धिको अवसर प्राप्त गर्नुहुनेछ । मनमा हर्ष उमङ्ग र उत्साह छाउला । अध्ययनमा सुधार हुनेछ । प्रेम पक्ष पनि राम्रै रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गुमेको धन प्राप्त होला । सवारी साधनमा यात्रा गर्दा मालसामान हराउन सक्नेछ । अध्ययनमा मन जाने देखिदैन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
श्रमको उचित मुल्याङ्कन नहुनाले मन खिन्न रहला । पारिवारिक सद्भाव प्राप्त हुनेछ । वाद–विवाद नगरेकै राम्रो होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठीक समयमा सही निणर्य लिनुहोला । साथी भाइस“गको भेटघाटमा दिन वित्नेछ ।अध्ययन अध्यापन सामान्यै रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्य समयमा सही निर्णय लिनुहोला । अचल सम्पत्ति हात लाग्ला मन शान्त रहनेछ । प्रेमपक्ष सुमधुर हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कार्यमा मन जाला । राजनैतिक कार्यमा सफलता प्राप्त हुनेछ । आर्थिक पक्ष सदृण हुनेछ । दिन उत्तम हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिवारमा आथित्य सत्कार हुनेछ । लाभदायक यात्रा होला । व्यवसायमा राम्रै आम्दानि रहला । भाग्योदय हुने समय छ ।