बलिउड अभिनेता आमिर खानले आफ्नो जन्मदिनमा नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ को घोषणा गरेका छन् । 
 
यो फिल्म हलिउड चलचित्र ’फोरस्टेर गम्प’ को रिमेक हुनेछ । यस फिल्म ‘फोरेस्ट गम्प’ नामको उपन्यासमा आधारित छ । फिल्मको रिलिज मिति २०२० दिवालीको समय गर्ने तय भएको छ । हालै एक अन्तर्वार्ताको क्रममा आमिर खानले फिल्मसम्बन्धी केही कुरा खुलासा गरेका छन् ।
 
फिल्ममा आफ्नो भूमिकाको लागि तयारी शुरु भएको उनले बताएका थिए । उनले भनेका थिए, ‘हामीले सुटिङको तयारी शुरु गरिसकेका छौं । यस वर्षको अक्टोबरमा सुटिङ शुरु हुन्छ । सुटिङको लागि अझै ६ महिना समय छ । अर्को महिनाका लागि म मेरो पात्र र चलचित्रसँग काम गर्नेछु ।’ ‘लालसिंह चड्ढा’ मा आमिर आफै मुख्य कलाकारको रूपमा प्रस्तुत हुनेछन् ।
 
‘बाँकी स्टारकास्ट अझैसम्म तय भएका छैनन्’ आमिर भन्छन्, ‘म यस फिल्ममा शिखको भूमिकामा देखिनेछु । पहिलो पटक पगरीमा पर्दामा देखिन लागेको छु ।’ आमिरले यसै फिल्मका लागि भन्दै आगामी ६ महिनामा २० किलो वजन घटाउनु पर्नेछ । सो का लागि उनले तयारी शुरु गरिसकेको पनि जनाए । फिल्म अद्वैत चन्दनले निर्देशन गर्नेछन् । जसले ‘सिक्रेट सुपरस्टार’ को निर्देशन गरेका थिए । केही महिनाअघि मात्रै रिलिज भएको आमिरको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ बक्सअफिसमा फ्लप भएको थियो ।