नेपालीजनको प्रिय अनि अति विशिष्ट यो चाड, होली आजदेखि शुरु भएको छ । होली चाड नेपालमा हर्षोल्लाशका साथ मनाउने गरिन्छ। यो चाड असाध्य धुमधाम गरी, अरु ठूला चाड जस्तै रमाइलो गरी मनाइन्छ। हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका भक्त हिरण्यकश्यपुका छोरा (प्रह्लाद)लाई मार्न अग्नि नजिक जादा होलिका आँफै जलेर नष्ट भएको कारण असत्य माथि सत्यको जित भएको दिनको रुपमा यो पर्व मनाइन्छ। हिन्दू धर्म मान्नेहरुको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भब्य हुन्छ। नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलीपल्ट मात्र तराइमा होली मनाइने चलन छ ।

बाल बालिकाले पिच्कारी अनि साना साना बेलुनहरुका साथमा मज्जा लिन्छन्, फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराई तिर बाँस काटेर त्यसका ढोडवाट बनाईएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टीकका बोतलवाट बनाईएका पिच्कारीहरु पनि हुन्छन्व । यसकालागी होली रंगहरु अनि भातृत्व र साहसको पर्व हो । होलि खुसी को पर्ब हो ।

सानो गल्तीले ठूलो समस्या
होलि रंगहरुको पर्वमा तपाईले सामान्य कुरामा ख्याल गर्नु भएन भने ठुलै स्वास्थ्य समस्या झेल्नु पर्छ । तसैले रमाइलो गर्ने क्रममा रंग जथाभावी खेल्दा आँखाको दृष्टि गुम्न सक्छ, कानको जाली फुट्न सक्छ, , एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन् । होलि पर्वमा लोला प्रहारले आँखा, कानलाई समस्यामा पार्न सक्छ । अझ फोहोर पानीले लोला हानियो भने त झन् अन्य थुप्रै समस्या निम्तिन सक्छ।

रंग, अबिरमा खतरनाक रसायन
होलीमा उपयोग गरिने रंग, अबिरमा प्रायः खतरनाक रसायन मिसाइएको हुन्छ । त्यसैले रंग वा अबिर मुख, आँखा वा कानमा नपसोस् भनेर सचेत हुन जरुरी छ । होली खेलेपछि धेरैजसो व्यक्तिमा छाला पोल्ने वा छालाको रंग परिवर्तन हुने वा छाला सुक्खा हुने समस्या देखिने हुन्छ । रंगहरुमा मिसाइएको विभिन्न रसायनले छालाको भित्री सतहलाइ समेत क्षती पुर्‍याउने गर्दछ । होलीको रंगहरुमा वाइल कलर, केमिकल डाई तथा अन्य विषाक्त पदार्थ हुने भएकाले रंग खेल्दा होस गर्नुपर्छ ।यी रसायनहरू मानव स्वास्थ्यका लागि अति हानिकारक हुन्छन् ।
धेरैजसो रंगमा हेभी मेटल्स र विषाक्त पदार्थ हुन्छ । रंगले आँखामा एलर्जी वा अस्थायी अन्धोपन निम्त्याउन सक्छ । छाला रोग पनि हुन सक्छ । चम्किलो रंग क्यान्सरको कारक हुन सक्छ । अबिरमा एसबेस्टस र अभ्रखसमेत मिसाइन्छ । त्यसैले यो हानिकारक हुन्छ । अबिरले खेलाउँदा दम वा छाला र आँखामा जलन र संक्रमण हुन सक्छ । छाला चिलाउने वा पोल्ने, एक्जिमा देखिने हुन सक्छ । डन्डीफोर भएकाहरूलाई रासायनिक रंगले झन् समस्यामा पार्न सक्छ। होली खेल्दा आँखामा रंग जाने सबैभन्दा बढी पाईन्छ। आँखा रातो हुने, पोल्ने, सुन्निने हुन सक्छ ।
रंगले आँखाको कर्निया वा आँखाको सेतो भाग कन्जेक्टाइवालाई नोक्सान पुर्‍याउँछ । यो सेतो भागमा रंगले गर्दा रातोपना र घाउ हुन सक्छ ।

कसरी बचाउने ?

होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाए रंगरअबिरको दुष्प्रभावबाट जोगिन सकिन्छ । टोपी लगाउनु पर्छ । यस्तै, होली खेल्नुअघि शरीरभरि तेल वा मोइस्चराइजर लगाउनु राम्रो हुन्छ । यसरी रंग छालाभित्र जान पाउँदैन । कपालमा तेल दल्नु पर्छ र नङ काटेर पालिस लगाउँदा पनि कुनै न कुनै नोक्सानीबाट बच्न सकिन्छ । आँखामा रंग वा कुनै रसायन परे तुरुन्त सफा पानीले अर्थात् उमालेर चिसो पारेको खानेपानीले २० देखि ३० मिनेटसम्म धोइरहनुपर्छ । तर, आँखा धुनुपर्छ, जोडले पानी छयाप्ने न गर्नु पर्ने गर्नुपर्छ ।तर यदि तपाईको होलि को रग ले कुनै न राम्रो असर परे भने डाक्टरसँग सल्लाह अवशय लिनुस् ।
(बालरोग बिशेषज्ञ, उप-प्राध्यापक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ,धरान)