अफगानिस्तानका लागि अमेरिकी दूतले विदेशी समुदायसँग परामर्श गर्ने

alt photo: google
  • चैत्र ७, २०७५
  • १५२ पटक पढिएको
  • ब्लाष्ट खबर

वासिङ्टन (सिन्ह्वा) अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विदेशी समुदायसँग परामर्श गर्ने भएका छन् ।

उनले अफगास्तिानका लागि रुसी, चिनियाँ र युरोपेली विशेषदूतहरूसँग भेटवार्ता र परामर्श गर्ने भएको हो । उनले हाल जारी रहेको अफगानिस्तानको शान्ति प्रक्रियाका बारेमा अफगानिस्तानका लागि ती देशका विशेषदूतहरूसँग भेटवार्ता गर्ने भएको हो । अफगानिस्तानको पुननिर्माणका विषयमा ती देशहरूले अफगानिस्तानका लागि आ–आफ्ना विशेषदूतहरू नियुक्त गरेका छन् ।

अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिअनुसार अमेरिकी विशेषदूत खलिलजादले उनीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी अफगानिस्तानमा शान्ति स्थापनाका लागि हाल जारी रहेको प्रक्रियाको बारेमा जानकारी गराई आवश्यक परामर्श पनि लिने कार्यक्रम छ ।

अफगानिस्तनमा जारी हिंसा कम गर्नका लागि ती देशहरूले के–कस्तो सहयोग गर्न सक्छन् भन्ने विषयका साथै हाल जारी शान्तिवार्ताको प्रक्रियालाई पूर्णता दिन ती देशको भूमिका के हुनेछ भन्ने बारेमा पनि छलफल हुने बताइएको छ । विशेषदूत खलिलजादले हालैमात्र दिएको अभिव्यक्तिमा अफगानिस्तानमा शान्तिका लागि जारी प्रक्रिया सकारात्मक रूपमा अघि बढेको बताएका थिए ।

कतारमा हालै भएको तालिबान र अफगान सरकारका प्रतिनिधिसँगको वार्ता सकारात्मक भएको जानकारी उनले हालैमात्र सार्वजनिक गरेका थिए । अफगानिस्तानमा शान्ति स्थापना गर्ने पछिल्लो प्रयासस्वरूप त्यहाँ हिंसात्मक विद्रोह जारी राखेका तालिबानहरूसँग वार्ता भइरहेको छ ।

साउन लाग्याे, बोलबम

देउराली । साउन महिनाको सुरुवातसंगै धरान उपमहानगरपालिकास

साढे दुई हजार कर्मचा

  काठमाडाै / राष्ट्रिय सतर्कता केन्द्रले गत

वीपी प्रतिष्ठानको नि

धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्

पाँचथरमा पहिरै पहिर

 यासोक /  पाँचथरको कुम्मायक गाउँपालिकामा लामो


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved