उधमपुर (एएनआई) भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ) का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ ।

साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चलाएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ । सिआरपिएफका कमाण्डर हरिन्दर कुमारले घटनाको पुष्टि गर्दै घटनाको मुख्य कारण पहिल्याउने प्रयास भइरहेको जानकारी दिए ।