काबुल (एएफपी) अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा परी छ जनाकोे मृत्यु भएको छ ।

राजधानीमा रहेको सिया मुसलमान समुदायको बसोबास रहेका फारसी भाषीहरूले नयाँ वर्ष मनाइरहेका समयमा विस्फोट भएको हो । यस युद्धग्रस्त देशमा भएको यो पछिल्लो आक्रमण हो । काबुलमा बिहान भएको विस्फोटमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २३ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले एएफपी समाचार समितिलाई बताए ।

यस आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन । काबुल विश्वविद्यालय र एक तीर्थस्थलको नजिकै फारसी भाषीहरूको नयाँ वर्षको बिदा मनाउन बसेका अफगान नागरिकको भीडमा सो विस्फोस्ट भएको थियो । अफगानिस्तानका सिया मुसलमान समुदायलक्षित आइएस आतङ्ककारी समूहले पनि बारम्बार आक्रमण गर्दै आएको छ ।