फिलिपिन्समा दादुराका कारण ३१५ को मृत्यु, हजारौँ प्रभावित

alt
  • चैत्र ८, २०७५
  • १५६ पटक पढिएको
  • ब्लाष्ट खबर

मनिला, फिलिपिन्स/ फिलिपिन्समा दादुराबाट प्रभावित हुनेहरुको संख्या यस बर्षको साढे दुई महिनामै २१ हजार ३९६ पुगेको छ ।

प्रभावित भएकामध्ये ३१५ जनाको दादुराकै कारण मृत्यु भएको बिहीबार सार्वजनिक गरिएको आधिकारीक तथ्यांकले देखाएको छ ।
यो विवरण यस बर्षको जनवरी १ देखि मार्च १४ सम्मको भएको फिलिपिन्स स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी शाखाका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार प्रभावित भएकाहरूको र मृत्यु भएकाहरूको संख्या काभिट, लगुना, बातान्गास, रिजाल र क्वेजोनमा धेरै रहेको छ ।  ती सवै प्रान्तहरुमा गरेर कुल ४४ सय १ प्रभावित भएका थिए भने ८७ जनाको मृत्यु भएको अधिकारीहरुको भनाई छ ।

सबैभन्दा धेरै एकदेखि चार बर्षसम्मका उमेर समूहका मानिसमा दादुराको प्रभाव धेरै देखिएको छ । त्यस उमेर समूहका छ हजार १८० अर्थात् २९ प्रतिशत विरामी रहेका छन् । त्यसैगरी उक्त उमेर समूहबाट मृत्यु हुनेको संख्या पनि १४२ अर्थात् ४५ प्रतिशत रहेको छ ।

च्यासल युथ पाखा लगाउ

काँकडभिटा । काँकरभिट्टामा जारी मेचीनगर गोल्डकपको चौथो स

प्लेनबाट लागूऔषध लै

विराटनगर । हवाइ मार्गको प्रयोग गर्दै प्रतिबन्धीत लगाएको

अर्चना बाबाधामका शिव

चतरा/ वराहक्षेत्रस्थित औलिया बाबा गद्दी (मठ) मा जारी वृ

तीन तलाबाट लढेर विरा

विराटनगर । विराटनगर ११ बुधमार्ग स्थित ज्योती पोखरेलको न


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved