प्रयागराज, भारत/ भारतमा कुम्भ मेला विषेश गाडीको लामो र्याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ ।

कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले बिहीबार जनाएका छन् ।  यस अगाडि यसैगरी सवै भन्दा धेरै अर्थात् ३९० ओटा बस लगातार सँगै गुडाएर अबू धाबीमा विश्व रेकर्ड कायम गरिएको थियो ।

भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन ९युपिएसआरटीसी०ले ती बसहरुलाई ३।२ किलोमिटर सम्म गुडाएको बताइएको छ । युपिएसआरटीसीले सवै राज्यका १८ ओटै क्षेत्रलाई जनशक्तिसहित गाडी पठाउन फेब्रुअरी २७ मा निर्देशन दिएको थियो ।