धरान । प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा भई रहेको महिला साफ फुटबल प्रतियोगिता खेल्ने नेपाली महिला राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई प्रदेश १ सरकारले प्रोत्साहन स्वरुप जनहि १ लाख प्रदान गर्ने भएको छ ।

प्रदेश नं. १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार १ विज्ञप्ती प्रकाशित गरी सो को जानकारी गराएको छ । यस्तै  टिमले फाइनल जिते थप जनही १ लाख दिइने प्रदान गरिने उत्त  विज्ञप्तीमा जानकारी गराइएकाे छ ।

आज महिला साफ फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ । फाइनलमा आयोजक नेपालले छिमेकी मुलुक भारतको समाना गर्दैछ । भारत ४ पटककाे  विजेता हाे भने नेपालकाे याे ४ औं पटक फाइनलमा पुग्न सफल भएकाे छ । 

pradesh